सोमबार, भदौ २९, २०८३

फिल्मकर्मीले रुचाए २ नम्बरी

सामाजिक कथावस्तुमा फिल्म बनाउँदै आएका दीपेन्द्र लामाले यस पटक वन्यजन्तुको चोरी सिकारी गर्नुहुँदैन भन्ने कथा उठान गरेका छन्।
 |  सोमबार, असोज २४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज २४, २०७९

काठमाडौं– आइतबार बेलुकी आयोजना गरिएको ‘२ नम्बरी’को विशेष शोमा सहभागी फिल्मकर्मीहरुले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका छन्।

फिल्म हेर्न पुगेकी नायिका पूजा शर्माले यसको कथावस्तु, प्रस्तुति र कथाले दिएको सन्देश उत्कृष्ट लागेको बताइन्। सधैं सामाजिक कथावस्तुमा फिल्म बनाउँदै आएका दीपेन्द्र लामाले यस पटक वन्यजन्तुको चोरी सिकारी गर्नुहुँदैन भन्ने कथा उठान गरेका छन्।

पूजाले, फिल्मले दिएको सन्देश, कलाकारको अभिनय उत्कृष्ट लागेको बताइन्। कलाकार सन्तोष पन्तले आमनेपालीले यो फिल्म हेर्नुपर्ने बताए । शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म ‘हिजो आजका कुरा’का कलाकारसमेत रहेका पन्तले भने, ‘फिल्मको कथावस्तु आफ्नै माटोको छ। अर्गानिक कथालाई निर्देशकले रमाइलो तरिकाले बुनेका छन्।’

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले पनि फिल्मको प्रशंसा गरे। फिल्मको कथावस्तुले नेपाली माटोको सुगन्ध बोलेको उनको तर्क थियो। निर्देशक शोभित बस्नेतले यसअघि दीपेन्द्र लामाले आफ्ना लागि फिल्म बनाएको तर यस पटक दर्शकका लागि बनाएको सुनाए।

फिल्मीकर्मीबाट पाएको प्रतिक्रियाबाट उत्साहित नायक दयाहाङ राइले सामाजिक सन्देशसहितको फिल्म भएकाले दर्शकको मन छोएको बताए। नायिका उपासनासिंह ठकुरीले राम्रो कथा भएकाले फिल्म साइन गरेको बताइन्। अर्की नायिका उगेन छोदेनले नेपाली दर्शकले आफूलाई स्वागत गरेको भन्दै खुसी व्यक्त गरिन्।

किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्मले रिलिजको चौथो दिन सोमबार मध्याह्नका शोमा उच्च अकुपेन्सीसहित दर्शकको माया पाइरहेको छ।

प्रकाशित: Oct 10, 2022| 14:36 सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।