काठमाडौं- बंगलादेश सरकारले नेपालबाट ९ हजार मेगावाट बिजुली खरिद गर्ने भएको छ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन बङगलादेश भ्रमणमा रहेका बेला बङगलादेशले उक्त योजना सार्वजनिक गरेको उर्जामन्त्री पुनका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए।
उनकाअनुसार बंलादेशले २०४० भित्र बंलादेशले ९ हजार मेगावाट नेपालबाट विजुली खरिद गर्ने योजना अघि सारेको छ। ढाकामा विहीवारबाट पावर एण्ड इनर्जी विक सम्मेलनको शुरु भएको छ । उक्त अवसरमा सो योजना सार्वजनि भएको हो।
पछिल्लो समय मात्रै बंलादेशले नेपालबाट पाँच सय मेगावाट बिजुली खरिद गर्ने सम्बन्धमा एमओयू भएको छ। सोही समयमा उक्त क्षमतालाई बढाएर १६ सय मेगावाट पुर्याउने सम्बन्धमा समेत छलफल भएकोमा अहिले त्योभन्दा बढी परिमाण खरिद गर्ने योजना अघि सारेको हो।
सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ। जसमा अन्तरदेशीय लाइनबाट १० हजार मेगावाट बिक्री गर्ने योजना छ।
सरोकारवलाहरुको अनुसार बंगलादेशलाई मात्रै अबको २० वर्षभित्र ४० हजार मेगावाट थप विद्युत आवश्यकता छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४