मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • युक्रेनको राजधानी किभमा रुसको मिसाइल आक्रमण, आठजना मारिए

युक्रेनको राजधानी किभमा रुसको मिसाइल आक्रमण, आठजना मारिए

युक्रेनको राजधानीमा सोमबार बिहानै लगातार मिसाइल आक्रमण भएको छ। राजधानी सहर किभको बीच भागमै रुसी मिसाइल आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
 |  सोमबार, असोज २४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज २४, २०७९

kumari

काठमाडौं– युक्रेनको राजधानीमा सोमबार बिहानै लगातार मिसाइल आक्रमण भएको छ। राजधानी सहर किभको बीच भागमै रुसी मिसाइल आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

आक्रमणमा परी कम्तीमा आठ जना मारिएको र २४ जना घाइते भएको बताइएको छ। पछिल्ला दिनमा रुसले कब्जामा लिएका केही भूभाग युक्रेनी सेनाले फिर्ता लिएसँगै रुसी आक्रमण झन् तीव्र बनेको छ। रुसले जनमत संग्रह गरी युक्रेनका केही भाग रुसमा विलय गराएको छ। 

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको ६ महिनाभन्दा बढी भइसकेको छ। युक्रेनलाई अमेरिकालगायत पश्चिमा मुलुकहरूले लगातार सैन्य सहयोग गरिरहेका छन्। रुसले भने आणविक आक्रमणको चेतावनी दिँदै आएको छ। 

प्रकाशित: Oct 10, 2022| 14:08 सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।