शुक्रबार, साउन १, २०८३

गुल्मीमा तिज विशेष साँस्कृतिक कार्यक्रम हुँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
बुटवल- तोल्घा भगवती साँस्कृतिक युवा संघको आयोजनामा गुल्मीको हुँगामा खुल्ला तीज प्रतियोगीता तथा तिज विशेष बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ।

हिन्दु नारिहरुको महान पर्व हरितालिका तीज लाई लक्षित गर्दै यहि भाद्र २४ गते पिपलपोखरा प्रावि छत्रकोट १ हुँगा गुल्मीमा तीज विशेष कार्यक्रम हुन लागेको हो।

तोल्घा भगवती युवा संघले दोस्रो पटक आयोजना गरेको खुल्ला तीज प्रतियोगीता को प्रथम पुरस्कार नगद ८५०० र प्रमाण पत्रको ब्यवस्था गरिएको छ भने द्वितिय लाई नगद ६५०० सहित प्रमाण पत्र र तृतियलाई नगद रु ४५०० सहित प्रमाण पत्रको ब्यवस्था गरिएको छ।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा निवर्तमान सांसद चन्द्र भण्डारीलार्इ आमन्त्रण गरिएको छ । 

तिज विशेष बृहत साँस्कृतिक कार्यक्रममा लागि लोकप्रिय कलाकारहरु रामचन्द्र चन्द, युवराज भण्डारी, सिता भण्डारी र हिमाल थापाको विशेष प्रस्तुती रहने छ भने कार्यक्रमका लागि देश विदेशमा रहनु भएका विभिन्न ब्यक्तित्वहरले समेत सहयोग गरिरहेको तोल्घा भगवती साँस्कृतिक युवा संघका सचिव महेन्द्र भण्डारीले जानकारी गराए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।