ढाका- बगंलादेशमा जारी साफ च्याम्पियनसिप अन्तर्गतको दोस्रो खेलमा नेपाल विजयी भएको छ। बिहीबार भएको खेलमा नेपालले भुटानलार्इ ४-० गोल अन्तरले पराजित गरेको हो। बंगबन्धु रंगशालामा पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा थप तीन गोल गरेको थियो ।
नेपालले खेलमा अग्रता २१ औं मिनेटमा अनन्त तामाङको गोलबाट लिएको थियो।
शुनिल वलको कर्नरमा अनन्तले गोल गरेका थिए। ६९ औ मिनेटमा उनै सुनिलले नेपालको अग्रतालाई दोब्बर पारे । विमल घर्तिमगरले प्रहार गरको पेनाल्टी असफल भएपछि फर्किएको बलमा सुनिल वलले गोल गरेका थिए ।
तेस्रो गोल भरत खवासको नाममा रह्यो। खवासले ७९ औ मिनेटमा गोल गरेका थिए । मैदान छिरेको चौथो मिनेटमा मध्यभागबाट एक्लै बल अघि बढाउदै भरतले गोल गरेका थिए।
खेल सकिन २ मिनेटबाँकी छदाँ निराजन खड्काले चौथो गोल गर्दै नेपाललाई फराकिलो अन्तरको जित दिलाए। योसंगै नेपाल सेमिफाईनलको नजिक पुगेको छ।
नेपालले अब शनिबार समुह चरणको अन्तिम खेलमा बंगलादेशसंग खेल्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४