काठमाडौं- पछिल्लो समय विदेश नेताहरुलार्इ विदेश मोह बढीरहेकोबेला नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि विदेश भ्रमणमा जाने भएका छन्।
नेता पौडेल सेप्टेम्बर १५ मा बेल्जियम प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ। पार्टीको संगठन विस्तार तथा विभिन्न आठ देशमा हुने नेपाल जनसम्पर्क समितिका अधिवेशनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेको जनाइएको छ।
पौडेल २६ सेप्टेम्बरमा स्वेदेश फर्किने कार्यक्रम छ।
उनी भदौ २८ गते हुने पार्टीको केन्द्रीय समिति बैठक बस्दैछ। बैठकमा पार्टीको केन्द्रीय अनुशासन समिति र कार्य सम्पादन समिति गठन गर्ने अपेक्षा गरिएको छ।
यस्तो छ भ्रमण तालिका
१५ सेप्टेम्बर बेल्जियमको राजधानी ब्रसेल्सका लागि प्रस्थान
१६ सेप्टेम्बर लक्जेम्वर्गमा हुने नेपाली जनसम्पर्क समिति अधिवेशन (नेजस) मा सहभागी
१७ सेप्टेम्बरमा बेल्जियमा हुने अर्न्तक्रियमा सहभागी
१८ सेप्टेम्बरमा नेजस फ्रान्सको अधिवेशनमा सहभागी
१९ सेप्टेम्बर नेजस पोर्चगलको अधिवेशनमा सहभागी
२० सेप्टेम्बर नेजसमा हुने कार्यक्रममा सहभागी
२१ सेप्टेम्बर नेजस स्पेन अधिवेशनमा सहभागी
२२ सेप्टेम्बर नेजस स्वीट्जरल्यान्ड अधिवेशनमा सहभागी
२४ सेप्टेम्बर नेजस जर्मन अधिवेशनमा सहभागी
२५ सेप्टेम्बर नेजस नेदल्यान्ड अधिवेशनमा सहभागी
२६ सेप्टेम्बरमा स्वदेश फर्किने
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४