बिहीबार, वैशाख १३, २०८१

कांग्रेसबाट पाखा लगाइएका यी तीन डा. नेता

कांग्रेसले प्रदेश १ मा १९ क्षेत्रमा, मधेश प्रदेशमा १५, बागमती प्रदेशमा १८, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १२, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ९ क्षेत्रमा कांग्रेसका तर्फबाट उम्मेदवारी दिएको छ।
 |  आइतबार, असोज २३, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

आइतबार, असोज २३, २०७९

काठमाडौं– देशभर उम्मेदवारी दर्ताको क्रम चलिरहँदा आइतबारमात्र नेपाली कांग्रेसले प्रत्यक्षतर्फ आफ्ना उम्मेदवार टुंगो लगायो। आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ मध्ये सत्ता गठबन्धनबाट ८६ निर्वाचन क्षेत्र कांग्रेसले पाएको छ।

triton college

सोही क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको कांग्रेसबाट प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला, रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ र पूर्णबहादुर खड्का तथा महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरु प्रत्यक्षतर्फ चुनाव लड्दैछन्। कांग्रेसले प्रदेश १ मा १९ क्षेत्रमा, मधेश प्रदेशमा १५, बागमती प्रदेशमा १८, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १२, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ९ क्षेत्रमा कांग्रेसका तर्फबाट उम्मेदवारी दिएको छ। 

यसरी देशभरबाट उम्मेदवारी टुंगो लागेसँगै यसको पक्ष–विपक्षमा टिप्पणी आइरहेका छन्। कतिपयले कांग्रेसभित्र ‘शक्ति पूजक’ले टिकट पाएर राम्राहरु पाखा लागेको बताइरहेका छन्। पार्टीमा लामो समय योगदान गरेका नेताहरु पाखा लाग्नु अस्वाभाविक भएको भन्दै टिकाटिप्पणी भइरहेका छन्। त्यसमा पनि अहिले नेताहरु डा. गोविन्दराज पोखरेल, डा. मीनेन्द्र रिजाल र डा. स्वर्णीम वाग्लेको नाम चर्चामा छ।

गोविन्दराज पोखरेल 

लामो समयदेखि नेपाली कांग्रेसको राजनीति गरेका डा. गोविन्दराज पोखरेललाई आउँदो मंसिर ४ को चुनावको लागि पार्टीले टिकट दिएन। कांग्रेसबाट डा. पोखरेलले प्युठानमा चुनाव लड्ने तयारी गरे पनि उक्त क्षेत्र सत्ता गठबन्धनको राष्ट्रिय जनमोर्चाको भागमा परेपछि उनले टिकट पाएनन्। 

corrent noodles
Metro Mart

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पोखरेलले टिकट नपाएपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिने हल्ला चल्यो। पछि पोखरेललाई सघाउन एमालेले दाङ–१ मा शान्ता चौधरीलाई ब्याक गराएको चर्चा समेत चलेको थियो। तर यस्ता अफवाहलाई पोखरेलले अस्वीकार गर्दै आपूm आफू उम्मेदवार नरहेको बताए। 

पोखरेलले ती चर्चाको खण्डन गर्दैै सामाजिक सञ्जालमा लेखे, ‘म २०७९ को संघ र प्रदेशको निर्वाचनमा उम्मेदवार भएको छैन।’ पार्टीले टिकट नदिएर पाखा लगाएका पोखरेलले स्वतन्त्र रुपमा चुनाव लड्न पनि चाहेका देखिएनन्। योसँगै पोखरेलको प्रतिनिधिसभा प्रवेशको ढोका बन्द भएको छ। 

यसबारे पोखरेलले भने थप प्रतिक्रिया जनाएका छैनन्। यद्यपि, पोखरेलका शुभचिन्तकले भने कांग्रेसले पोखरेललाई टिकट नदिनु दुर्भाग्यपूर्ण भएको भन्दै पार्टी नेतृत्वको आलोचना गरिरहेका छन्। 

पोखरलले २०७४ सालको निर्वाचनमा प्यूठानबाट प्रतिनिधिसभामा प्रतिस्पर्धा गरेर पराजित भएका थिए। त्यस्तै पाखरेल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भइसकेका थिए। साथै राष्ट्रिय योजना आयोगको उपाध्यक्षको भूमिकामा पनि पोखरेल रहेका थिए।

मीनेन्द्र रिजाल  

Minendra rijalनेपाली कांग्रेसले टिकट नदिएका अर्का नेता हुन्, मीनेन्द्र रिजाल। पछिल्लो महाधिवेशनबाट सभापति शेरबहादुर देउवासँग टाढिएका रिजालले आउँदो चुनावको लागि पार्टीबाट टिकट नै पाएनन्। कुनै समय सभापति शेरबहादुर देउवाका सहयात्री रहेका रिजाल अहिले उनीबाटै पेलानमा परेका हुन्। 

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नम्बर २ मा मीनेन्द्रलाई पाखा पारेर देउवाले सुजाता कोइरालालाई टिकट दिएपछि पार्टी नेतृत्वको आलोचना भइरहेको छ। मीनेन्द्र मोरङ–२ बाट २०७४ सालमा निर्वाचित भएका थिए। तत्कालिन बाम गठबन्धनले देशभर जित्दा कांग्रेसबाट निर्वाचित भएका २३ जनामध्येका एक थिए मीनेन्द्र। तर यसपटक भने मीनेन्द्र टिकटबाट बञ्चित भएका छन्।

कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले चुनाव लड्दै आएको मोरङ–२ बाटै मीनेन्द्रले राजनीतिक करिअर सुरु गरेका थिए। जहाँ उनले आफ्नो पहिलो संसदीय चुनाव जितेका पनि थिए। तर अहिले यो क्षेत्रमा देउवाले गिरिजाप्रसाद कोइरालाकी छोरी सुजातालाई टिकट दिलाएपछि मीनेन्द्र टिकटविहिन बनेका छन्। योसँगै उनको प्रतिनिधिसभाको संसद् यात्रा यसपटकलाई टुंगिएको छ।

यसलाई रिजालले देउवाले प्रतिसोध साँधेको रुपमा लिएका छन्। देउवासँगको लामो संगतमा यो खालको प्रतिशोध भावको कल्पना नगरेको उनको भनाइ छ। ‘मैले शेरबहादुरजीसँग लामो संगत गरेँ। तर उहाँमा प्रतिशोधको यो भाव छ भनेर कल्पना समेत गरेको थिइनँ। उहाँमा यो प्रतिशोधको भाव यो हदसम्म रहेछ भनेर चिन्ने मौका पाएँ,’ उनले नेपाल समयसँग भने।

२०५२ सालमा पहिलो पटक प्रधानमन्त्री हुँदा देउवा र रिजालको सम्बन्ध गाँसिएको थियो। २०५८ सालमा दोस्रो पटक प्रधानमन्त्री हुँदा देउवाले मीनेन्द्रलाई राजनीतिक सल्लाहकार नै बनाएका थिए। २०५९ सालमा देउवाले नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गर्दा उनै मीनेन्द्र देउवाको नेपाली कांग्रेस प्रजातान्त्रिकमा केन्द्रीय सदस्य भएका थिए। 

त्यसयता मीनेन्द्र निरन्तर देउवासँगै थिए। तर मीनेन्द्र भने १२औं महाधिवेशनपछि देउवाको समूह छाडेर कोइरालाको समूहमा आइपुगेका थिए। त्यसयता उनी निरन्तर देउवाको प्रतिस्पर्धी समूहमा क्रियाशील थिए। पछिल्लो महाधिवेशनमा रिजाल देउवाबाट टाढिएका थिए। फलस्वरुप उनले पार्टीबाट चुनावको लागि टिकट पाएनन्।

स्वर्णीम वाग्ले 

पार्टीबाट पाखा लागेका अर्का नेता हुन्, अर्थशास्त्री स्वर्णीम वाग्ले। पार्टीको लागि काम गरिरहेका वाग्लेलाई नेपाली कांग्रेसले टिकट दिन अस्वीकार गरेको हो। वाग्लेको नाम चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको थियो। तर यो क्षेत्रमा अर्का अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले टिकट पाएपछि स्वर्णीम क्षेत्रविहीन बने। यसबीचमा उनले काठमाडौं ५ वा गोरखा १ बाट चुनाव लड्ने विकल्प पनि अघि सारेका थिए। तर कांग्रेसले वाग्लेलाई कुनै क्षेत्रबाट उम्मेदवार बनाउने इच्छा देखाएन।

लन्डन स्कुल अफ इकोनोमिक्सबाट ब्याचलर डिग्री लिएका वाग्लेले मास्टर्स हार्वर्डबाट गरेका हुन्। त्यसपछि कामको सिलसिलामा अष्ट्रेलिया पुगेका उनले त्यहीँबाट विद्यावारिधि लिएका थिए। यसबीचमा वाग्लेले यूएन एजेन्सी र विश्व बैंकमा झन्डै २० वर्ष काम गरेका छन्। त्यस्तै नेपालमा पनि डा. वाग्लेले पोस्ट डिजास्टर निड एसेस्मेन्ट (पीडीएनए)को उपप्रमुखको अनुभव बटुलेका छन्।

सन् २०१९ को अन्त्यमा यूएनडीपीको एसिया प्यासिफिक क्षेत्रका ३६ देश हेर्ने गरी मुख्य आर्थिक सल्लाहकार बन्न उनलाई प्रस्ताव पनि आएको थियो। त्यसबेला कांग्रेस महामन्त्री गगन थापा र शेरबहादुर देउवाकै सल्लाहमा उनले यूएनडीपी गएर १८ महिना काम गरेर फर्किए। यसरी वाग्लेले आन्तरिक रुपमा पार्टीलाई पनि सहयोग पुर्याउँदै आएका थिए। तर अहिले वाग्ले कांग्रेसबाटै पाखा पारिएका छन्।

प्रकाशित: Oct 09, 2022| 19:02 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...