शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दसैंपछिको पहिलो कारोबार दिनमा ४४.६२ अंकले बढ्यो नेप्से

दसैंपछिको पहिलो कारोबार दिनमा ४४.६२ अंकले बढ्यो नेप्से

दसैंपछि आइतबार खुलेको सेयर बजार परिसूचक नेप्से ४४.६२ अंकले बढेको छ।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९
National life
Shivam cement

काठमाडौं- दसैंपछि आइतबार खुलेको सेयर बजार परिसूचक नेप्से ४४.६२ अंकले बढेको छ। सो अंकको वृद्धिपछि नेप्से १८ सय ९८ अंकमा पुगेको छ। कारोबार रकम भने ८३ करोड ६८ लाख रुपैयाँमा खुम्चिएको छ। १७५ कम्पनीको मूल्य बढ्दा ८ को घट्यो भने २ को स्थिर रह्यो। 

आइतबार सबै उपसमूहको सूचक बढेका छन्। बैंकिङ २५, विकास बैंक १४९, फाइनान्स ७०, होटल तथा पर्यटन ४९, जलविद्युत् ५६, जीवन बिमा १८७, उत्पादन १२१, माइक्रोफाइनान्स ११२, निर्जीवन बिमा १३५, अन्य ३२ र व्यापार उपसमूह १७ अंकले बढेको छ। 

सप्तकोसी विकास बैंक र उपकार लघुवित्तको सेयर मूल्य करिब १० प्रतिशत बढ्यो। गुहेश्वरी मर्चेन्टको ८.७, मितेरी डेभलपमेन्टको ८.२ तथा एक्सल डेभलपमेन्टको ७.९ प्रतिशत मूल्य बढ्यो। कारोबार रकमका आधारमा हिमालयन एभरेष्ट इन्स्योरेन्स (संस्थापक), नबिल बैंक, हिमालयन डिस्टिलरी, अपि पावर र शिवम् सिमेन्ट अगाडि रहे।

प्रकाशित: Oct 09, 2022| 15:18 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्