शुक्रबार, साउन १, २०८३

अन्तिम दिन नेप्से ४.३६ अंक घट्यो, कारोबार बढ्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- कारोबार शुरु भएको अन्तिम दिन नेप्से परिसूचक ४.३६ अंक घटेर एक हजार २२९.७७ विन्दुमा पुगेको छ। नेप्से बजारमा आएका अघिकांश समूहको परिसूचक रातो भएपछि परिसूचक घटेको हो।

हिजो बुधबार नेप्से परिसूचक २३.८९ अंक बढ्दा ७१ करोड २० लाख १६ हजार ३०६ रुपैयाँको कारोबार भएको थियो। बिहीबार १७४ कम्पनीको ८ हजार ५८५ कारोबारबाट ३२ लाख २८ हजार ५६९ शेयरको खरिद बिक्रीबाट ७९ करोड ३३ लाख ८६ हजार ३६८ रुपैयाँको कारोबार भएको छ। उक्त रकम गएको दिनभन्दा ८ करोड रुपैयाँले बढी हो। 

नेप्से बजारमा आएका ११ विभिन्न समूहमध्ये व्यापार समूह, उत्पादनमुलक समूह र अन्य समूहबाहेक ८ समूहको परिसूचक रातो भएको छ। जसमा सबैभन्दा बढी ननलाईफ इन्स्योरेन्सको परिसूचक ८४.०७ अंक घटेको छ।
 
त्यसपछि लाईफ इन्स्योरेन्स समूहको परिसूचक ३८.८२, हाइड्रोपावर समूहको परिसूचक १५.९६, विकास  बैंक समूहको परिसूचक १५.९ अंक घटेको छ।

बैंकीङ समूहको  परिसूचक ५.०९, होटेल समूहको परिसूचक ४.९४, फाइनान्स समूहको परिसूचक ३.२२ र मायक्रोफाइनान्स समूहको परिसूचक १५.०८ अंक घटेको छ । 
यद्यपि व्यापार, उत्पादनमुलक र अन्य समूहको परिसूचक भने ३.७६, २०.४१ र १४.०५ अंक बढेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्