शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अकासिँदै डलरको भाउ, १ डलर किन्न १३२ रुपैयाँ तिर्नुपर्ने

अकासिँदै डलरको भाउ, १ डलर किन्न १३२ रुपैयाँ तिर्नुपर्ने

अमेरिकी डलरसँग नेपाली रुपैयाँ हालसम्मकै कमजोर हुन पुगेको छ।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९
National life
Shivam cement

काठमाडौं– अमेरिकी डलरसँग नेपाली रुपैयाँ हालसम्मकै कमजोर हुन पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबार एक डलर किन्नका लागि १३२ रुपैयाँ ०२ पैसा नेपाली रुपैयाँ खर्च गर्नुपर्ने भएको छ। 

अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दै गएपछि नेपाली रुपैयाँ पनि कमजोर बनेको हो। भारतीय रुपैयाँसँग नेपाली रुपैयाँ पेग (स्थिर विनिमयदर) रहेकोले भारतीय रुपैयाँ कमजोर हुनेबित्तिकै नेपाली रुपैयाँ पनि स्वतः कमजोर हुन्छ, जसले महँगी बढाउन मद्दत पुग्छ।

नेपालमा अधिकांश सामग्री आयात हुने र त्यसको भुक्तानी डलरमा गर्नुपर्ने हुँदा डलरको भाउमा वृद्धि भएसँगै मूल्यवृद्धि हुन्छ।


प्रकाशित: Oct 09, 2022| 12:25 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्