शुक्रबार, कात्तिक २८, २०८२

गोरखामा एकै परिवारका तीन जना रुखमा झुण्डिएको अवस्थामा फेला

भीमसेन थापा गाउँपालिका वडा नम्बर ६ स्थित मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उनका जुम्ल्याहा छोराको शव झुण्डिएको अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए।
 |  शनिबार, असोज २२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २२, २०७९

गोरखा- गोरखामा रुखमा झुण्डिएको अवस्थामा एकै परिवारका तीन जनाको शव फेला परेको छ। भीमसेन थापा गाउँपालिका वडा नम्बर ६ स्थित मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उनका जुम्ल्याहा छोराको शव झुण्डिएको अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए।

National life

'सात वर्षका दुई बालकको काप्राको रुखमा झुण्डिएको अवस्था फेला परेको छ,' उनले भने, 'बुबा हेमबहादुरको शव अर्कै रुखमा भेटिएको छ।' घटनाको प्रकृति हेर्दा रानाले दुई छोरालाई रुखमा झुण्ड्याएर हत्या गरी आफूले आत्माहत्या गरेको हुनसक्ने अनुमान गरिएको उहाँको भनाइ छ।

घरबाट झण्डै डेढ किलोमिटर पश्चिमदक्षिणमा छोराहरूको शव एउटै डोरीमा झुण्डिएको अवस्थामा फेला परेको उनले बताए। हेमबहादुरको शव भने बालकहरू झुण्डिएको रुखभन्दा केही पर अर्को रुखमा फेला परेको प्रहरीले जनाएको छ। 

घटनास्थलमा अहिले प्रहरीको टोली पुगेर अनुसन्धान सुरु गरेको उनले बताए। 'घटना कसरी घट्यो भनेर खुल्न बाँकी नै छ,' उनले भने, 'शवको मुचुल्का उठाउनका लागि प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ, तीनै जनाको शव पोष्टमार्टमका लागि शव गोरखा अस्पतालमा ल्याउने तयारी भइरहेको छ।'

 बिहान स्थानीयले रुखमा मान्छे भुण्डिएको देखेपछि घटनाका बारेमा जानकारी पाएको वडाध्यक्ष रन्जन रिमालले जानकारी दिए। मृतक राना डेढ महिनाअघि मात्र श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेर बसेका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 08, 2022| 18:14 शनिबार, असोज २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।