शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कीर्ते कागज बनाएर ठग्ने कम्पनी रजिस्टारका कर्मचारीसहित १२ पक्राउ

कीर्ते कागज बनाएर ठग्ने कम्पनी रजिस्टारका कर्मचारीसहित १२ पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-नक्कली कागजात बनाएर ठगी गर्ने कम्पनी रजिस्टारको कार्यलयका दुई चार कर्मचारीसहित १२ जना पक्राउ परेका छन् । उनीहरुले कीर्ते कागज बनाई एउटा निजी कम्पनीको सेयर खरिदबिक्री गरेर ७० करोड रुपैयाँ ठगी गरेको आरोप छ । 

पीडितको उजुरीपछि अनुसन्धान थालेको केन्द्रिय अनुसन्धान व्यूरोले कम्पनी रजिस्टारको कार्यालयका चारसहित १२ जनालाई पक्राउ गरेको हो । कम्पनी रजिस्टारको कार्यालयमा कार्यरत सहायक रजिस्टार पदमा कार्यरत नारायणप्रसाद पोखरेल र उमेशमान जोशीलाई प्रहरीले पक्राउ गरेको छ । 

त्यस्तै कार्यालयको सूचना शाखामा काम गर्ने दुई जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । कम्पनी रजिस्टारको कार्यालयका सूचना शाखाका दुई जना फरार छन् । 

त्यस्तै ठगीको आरोपमा पक्राउ पर्नेमा हेटौडाका राजनप्रसाद लम्साल, काठमाडौ चन्द्रागीरीका निरजकुमार मानन्धर, रामेछाप सुनपाती-१ का जीतबहादुर मगर, मोरङ रतुवामाईका पुण्यप्रसाद खरेल, काभ्रे चौवास ५ का साइला भन्ने राजनकुमार तामाङ, काठमाडौं चन्द्रागिरी १० का हिमाल मर्हजन, चिरीबाबु मर्हजन, बारा निजगढका-१का अमृत थापामगर छन ।

कसरी भयो ठगी?

भारतीय नागरीक राम निरञ्जन जटियाको अध्यक्षतामा  रहेको शंकर ईलेक्ट्रिक इण्ड्रस्टिज प्रालीको कागज पत्र जटिया बस्दै आएको काठमाडौंको चुनदेबिबाट चोरी भयो । 

पछि ती  कागजपत्र उनकै घरमा १६ बर्षदेखि काम गदै आएका जितबहादुरले चोरी गरेका थिए। राजनप्रसाद, निरजकुमारको मुख्य योजनामा चोरिएका कागजपत्र को हुबहु नक्कल बनाई कम्पनी रजीस्टार कार्यालयबाट नामसारी समेत भैसकेको अनुसन्धानबाट खुलेलेको छ । 

जटियकै घरमा १५ बर्षको उमेरदेखि काम गदै आएका जितबहादुरले शंकर ईलेक्ट्रोनिक्स कम्पनीको नाममा रहेको काठमाडौ तथा चितबनमा रहेको जग्गा बेचबिखन तथा बिभिन्न ब्याक्त्तिसँग बैना लिएको अनुसन्धानबाट खुलेको केन्द्रीय अनुसन्धान ब्युरो ले जनाएको छ। 
 

                                                                                 
 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।