काठमाडौं–स्वयम्भुमा पार्किङ गरेर राखिएको कारमा ३२ वर्षे युवाको शव फेला परेको छ ।
स्वयम्भुनाथको पश्चिममा रहेको पार्किङस्थलमा राखिएको बा ७ च ७०२१ नम्बरको मारुती स्वीफ्ट भित्र नैकाप बस्ने ३२ वर्षका श्याम श्रेष्ठको शव फेला परेको महानगरीय प्रहरी अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले जानकारी दिए ।
उनको दुई, तीन दिन अघि नै मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। कारमा भेटिएका श्रेष्ठले वान्ता गरेको पाइएको छ । उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइएको छ ।
कारबाट नजिक रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४