शुक्रबार, साउन १, २०८३

भेटिएनन् हराएका पत्रकार तेजबहादुर खड्का

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
बाजुरा- गत भदौ ९ गतेदेखि सम्पर्कविहीन भएका पत्रकार तेजबहादुर खड्का (तेजु)को खोजीका लागि गएको टोली बुधबार फर्किएको छ । 

जिल्लाकोे प्रसिद्ध धार्मिकस्थल बूढीनन्दा माईको दर्शन गरेर घर फर्किने क्रममा गत भदौ ९ गतेदेखि उहाँ सम्पर्कविहीन भएका थिए । नेपाली सेनाको रेस्क्यु टोलीले पत्रकार खड्का हराएको स्थानसम्म पुगेर खोजीकार्य गर्दा पनि कहीँ कतै फेला नपरेपछि टोली फर्किएको हो । 

टोलीसंगै गएको नेपाल प्रहरी र स्थानीयवासीसमेत फर्किएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रजिअ चेतराज बरालले बताए । 

 डोटी जिल्लाकोे सिलगढी नगरपालिका घर भएका पत्रकार खड्का एक वर्षदेखि बाजुराको कोल्टीमा रहेको रेडियो बूढीनन्दा (एफएम)मा कार्यरत थिए । उनी बूढीनन्दा माईको दर्शनका लागि कोल्टीबाट त्यसतर्फ गएका थिए । 

पत्रकार खड्का बूढीनन्दा माईको दर्शन गरेर बड्डी पाटन लौरी विनायक हुँदै छापे्र भराण क्षेत्रमा हराएको हुनसक्ने भन्दै नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीसहतिको टोलीले उनको खोजीका लागि त्यसतर्फ प्रस्थान गरेको थियो । 

पत्रकार खड्का हराएकै दिनदेखि स्थानीयवासी र नेपाल प्रहरी, नेपाली सेना परिचालन गरी खोजी तीव्ररुपमा पारिएको थियो । खड्का सम्पर्कविहीन भएको ठाउँमा मौसम खराबीका कारण बाक्लो कुहिरो लागेकाले हेलिकप्टरमार्फत खोजी गर्नसमेत समस्या देखिएको छ । 

तर मौसम अनुकूल राम्रो भएपछि गृह मन्त्रालयमार्फत नेपाली सेनाको हेलिकप्टरद्वारा पत्रकार खड्काको पुनः खोजी गर्नका लागि केन्द्रमा नै छलफल भइरहेको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रजिअ चेतराज बरालले बताएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।