काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमणका लागि बिहीबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । पार्टि एकतापछि पहिलो विदेश भ्रमणका रुपमा प्रचण्ड भारत जान लागेका हुन् ।
भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, कम्युनिष्ट पार्टीका शीर्ष नेताहरु तथा विभिन्न उच्च अधिकारीहरुहरु भेट गर्ने भएका छन् । भेटमा उनले नेपालका राजनीतिक घटनाक्रमका साथै राष्ट्रिय स्वार्थ र विकासका विषयमा छलफल गर्ने बताइएको छ ।
उनी भ्रमाणको पहिलो दिन बिहीबार नेपाली दुतावासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने र कार्यक्रममलाई सम्बोधन गर्ने कार्यतालिका छ । यस्तै प्रचण्ड शुक्रबार इन्डियन काउन्सिल अफ वल्डले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।
शुक्रबार नै भारतीय विदेशमन्त्रीसंग दिवाभोज सहितको भेटवार्ता गर्ने भएका छन् । उनले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेट गर्ने बताइएको छ ।
बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आएका मोदीलाई भारत फर्किएको एक हप्ता पछिनै प्रचण्डले भेट्न लागेका हुन् । भेटमा कस्ता एजेन्डामा छलफल हुने भन्ने विषय नखुलाइए पनि नेपालको राजनीतिक अवस्था र भारतीय सहयोगका विषयमा छलफल हुन सक्ने प्रचण्डको सचिवालय स्रोतले जनाएको छ । उनी भारत भ्रमण सकेर आइतबार स्वदेश फर्कने भएका छन् ।
भारत भ्रमण सकेर फर्किए लगतै प्रचण्ड एकसाता लामो चीन भ्रमणमा निस्कने तयारीमा छन् । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा उनी ३० भदौमा चीन प्रस्थान गर्ने करिब निश्चित भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४