शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बिहीबारदेखि पेट्रोलियम पदार्थको मूल्य २५ रुपैयाँसम्म बढ्यो

बिहीबारदेखि पेट्रोलियम पदार्थको मूल्य २५ रुपैयाँसम्म बढ्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- बुधबार राति १२ बजे अर्थात बिहीबारदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य २५ रुपैयाँसम्म बढेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै स्वचालित मूल्य प्रणालिअनुसार नेपाल आयल निगमले समेत मूल्य बढाएको हो ।

निगमका प्रवक्ता वीरेन्द्र गोईतका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेल/मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ र खाना पकाउने एलपि ग्याँसमा प्रतिसिलिण्डर २५ रुपैयाँको दरले मूल्य समायोजन गरिएको छ ।

बढेको नयाँ मूल्यअनुसार अब काठमाडौंमा पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, डिजेल/मट्टीतेल प्रतिलिटर ९८ रुपैयाँ र खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिण्डर १४०० रुपैयाँ पुगेको छ ।

समायोजनपछि पनि पेट्रोलमा प्रतिलिटर ०.३६, डिजेलमा प्रतिलिटर ०.४९ र एलपि ग्याँसमा प्रतिसिलिण्डर ३०९.७९ रुपैयाँ घाटा हुने निगमले जानकारी गराएको छ । 
अझै पनि समग्रमा निगमलाई अगामी पाक्षिक(१५ दिनको अबधिमा) करीब ११ करोड १५ लाख रुपैयाँ घाटा हुने भएको प्रवत्ता गोईतको भनाइ छ ।

यद्यपि अहिलेको मूल्य समायोजन पश्चात पनि भारतको रक्सौलभन्दा नेपालको वीरगंजतर्फको सीमा मूल्यमा पेट्रोलमा २५.७७ र डिजेलमा २५.५० रुपैयाँले नेपालतर्फ सस्तो कायम हुने प्रवक्ता गोईतको दावी छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।