आइतबार, मंसिर ७, २०८२

उमेर समूहको टिमलाई एसिया कप पुर्‍याउने लक्ष्य

नेपाली युवा खेलाडीको खुला छनोटबाट यो टिम निर्माण गरिएको र सोही टिम श्रीलंकामा भएको यू १७ साफको उपविजेता बनेकाले उमेर समूहको टिमले एसिया कपमा राम्रो नतिजा निकाल्ने विश्वास।
 |  मंगलबार, असोज १८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १८, २०७९

काठमाडौं- यू १७ को एसिया कप छनोट खेल्न नेपाली  टिम अहिले भियतनाममा छ। नेपाली युवा टोलीको पहिलो लक्ष्य भनेको एसिया कपमा छनोट हुने प्रशिक्षक उर्जन श्रेष्ठले बताएका छन्।

National life

प्रतियोगिताअघि पत्रकारसँग कुरा गर्दै प्रशिक्षक श्रेष्ठले आफ्नो समूहमा पहिलो वा दोस्रो हुनेमा संघर्ष गर्ने बताएका छन्। उनले भनेका छन्, ‘प्राथमिक लक्ष्य भनेको छनोट हुने नै हो। त्यसो हुन नसके कमसेकम समूहमा दोस्रो हुने र छनोटको ढोका खुला राख्ने हाम्रो चाहना हो। समूहमा बलिया टिम छन्। हामी पनि बलियो नै छौं। राम्रो खेल देखाउन चाहन्छौं।’

त्यसो त, यही टिमले यसअघि भारतको यू १७ टिमलाई पनि हराइसकेको छ। नेपाली युवा खेलाडीको खुला छनोटबाट यो टिम निर्माण गरिएको थियो। त्यही टिम नै श्रीलंकामा भएको यू १७ साफको उपविजेता बनेको थियो।

त्यसपछि केही समयको अभ्यासपछि नेपाली टिमले यू १७ को एसिया कप छनोट खेलेको हो। नेपालको समूहमा थाइल्यान्ड, भियतनाम र चाइनिज ताइपेई रहेका छन्। नेपालको मुख्य लक्ष्य भनेको थाइल्यान्ड नै हो। भियतनाम र चाइनिज ताइपेईको सिनियर टिम पनि नेपालभन्दा कम भने छैनन्।

तर यो उमेर समूहको टिमको खेल आफूले नदेखेको प्रशिक्षक उर्जन बताउँछन्। ‘समूहका अरु तीन टिमको खेल हामीले देखेका छैनौं। तर मलाई लाग्छ, यो उमेर समूहमा लगभग सबै टिमको स्तर उस्तै हुन्छ। सबै टिमका खेलाडी सिकाइकै क्रममा हुन्छन्। सबै टिमका किशोर खेलाडी जोसिला नै हुन्छन्। मुख्य कुरा, खेलाडीले मैदानमा आफ्ना प्रशिक्षकले योजना बनाएअनुसार खेल्न सक्छन् कि सक्दैनन् भन्ने हो। जुन टिमले प्रशिक्षकको योजना सफल बनाउँछ, त्यही टिमले नतिजा आफ्नो पक्षमा पार्छ,’ उनले प्रतियोेगिताबारे आफ्नो विचार राखे।

Laxmi sunrise bank
kumari

धेरै कुराको बाबजुद नेपाली टिमलाई जित र हारको दबाब हुने उनी बताउँछन्। ‘अन्तर्राष्ट्रिय प्रतियोगिता हो, उमेर समूहकै भए पनि राष्ट्रिय टिम हो। त्यसकारण जित्नैपर्छ भन्ने दबाब महसुस हुन्छ। यो स्वाभाविक हो,’ उनले भने।

नेपालले अहिलेसम्म सिनियरतर्फ एसिया कप खेल्न पाएको छैन।  एसिया कपमा प्रवेश पाए नेपाली टिमका लागि त्यो निकै महत्त्वपूर्ण अवसर सावित हुनेछ। ठूलो देशसँग नेपालले खेल्न पाउनेछ। त्यसैले यो प्रतियोगिता नेपाली फुटबलका लागि आफ्नो स्तर र प्रतिभा देखाउने मञ्च पनि हो। ‘यहाँ राम्रा खेल्न सके, एसियाली मञ्चमा नेपाली फुटबलले प्रतिस्पर्धा गर्न सक्छ भनेर फेरि एकपटक प्रमाणित हुनेछ,’ उनले भने।

आयोजना स्थलमा भियतनाम पुगेपछि हिजो राती ७ बजे पहिलो अभ्यास गरेको थियो। त्यो अभ्यास भियतनामी वातावरण, मैदानसँग घुलमिल हुने प्रयास रहेको प्रशिक्षकले बताएका छन्। ‘जहाजमा लामो यात्रा गरेर आइयो। यसकारण रिकोभरीको आवश्यकता पनि थियो। अहिलेचाहिँ सबै खेलाडी फिट छन्,’ उनले टिमको अवस्थाबारे भने।

त्यसो त, नेपाली खेलाडी ४–३–३ को फर्मेसनमा खेल्न माहिर छन्। उनले एक जना फरवार्ड अघि सारेर खेलाउने विचार गरेको बताउँछन्। भन्छन्, ‘हाम्रो योजना ४–३–२–१ संरचनामा खेल्नेछौं। बल पाएका बेला आक्रमण गर्ने, नभए अनुशासित भएर रक्षात्मक खेल्ने। दुवै रणनीतिमा सम्हालिएर खेल्नेछौं। हतार गर्ने छैनौं। सुरुआती समय विपक्षीको खेल पनि बुझ्नु पर्छ। त्यस कारण हतार नगरी खेल्ने योजना हो। उनीहरु पनि सुरुमा हामीलाई बुझ्ने कोसिस गर्लान्। त्यसकारण सुरुबाटै प्रेसिङ गेम नहुन सक्छ।’

नेपालले अन्य टिमको खेल हेर्न नपाए पनि साफमा गरेको प्रदर्शन भने इन्टरनेटमा उपलब्ध छ। त्यसैले नेपाली टिमको प्रदर्शन भने अन्य टिमसँग प्रस्ट रहेको छ। ‘थाइल्यान्ड वा अरु विपक्षी टिमले साफ च्याम्पियनसिपमा हाम्रो खेल हेरे होलान्। यसकारण उनीहरुलाई हाम्रो खेल शैलीबारे केही जानकारी अवश्य हुनुपर्छ। तर यसलाई म सकारात्मक पाटोबाट हेर्छु। हामीले श्रीलंकामा राम्रो खेलेका थियौं, यसकारण यहाँ यी टिमले हामीलाई कमजोर आँक्ने छैनन्,’ प्रशिक्षक उर्जनले भने।

त्यसो त, नेपालका लागि पहिलो अप्ठेरो भनेकै थाइल्यान्ड हो। उनले थाई टिमविरुद्ध राम्रो रणनीति बनाएको र त्यसलाई सफल हुनेमा विश्वास रहेको बताए। ‘पहिलो खेलपछि दोस्रो खेलमा भियतनाम र चाइनिज ताइपेईबीचको खेल कस्तो हुन्छ, यी सबै कुरालाई विश्लेषण गरी बाँकी दुई खेलका लागि रणनीति बनाउनेछौं,’ उनले भने।

यसअघि यही टिमले श्रीलंकामा साफ यू १७ च्याम्पियनसिप खेल्दा एउटा खेलमा भारतलाई हराएको थियो भने अर्को खेलमा हार बेहोरेको थियो। बाँकी टिमविरुद्ध भने नेपालले जित निकालेको थियो।

प्रकाशित: Oct 04, 2022| 17:15 मंगलबार, असोज १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।