शुक्रबार, मंसिर २२, २०८०

रौनक रोटे पिङको

जसरी आधुनिकताले पिङ संस्कृति जोखिममा परेको छ, त्यसैगरी चर्खे पिङको परम्परा पनि हराउँदै जान थालेको छ।
 |  मंगलबार, असोज १८, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १८, २०७९

रामेछाप– दशैं र पिङ नेपाली समाजमा पर्यायजस्तै भएको छ। विजयादशमी अर्थात् टीकाको दिन पृथ्वीलाई भार पार्नु हुन्न भन्ने विश्वासमा एकछिन भए पनि भुइँ छोड्न पिङ खेल्ने चलन नेपालमा परापूर्व कालदेखि चलिआएको छ।

sagarmatha cement

विभिन्न ठाउँमा विभिन्न खालको पिङ हाल्ने गरिएको छ। कतै बाँसको लिंगो बनाएर लिंगे पिङ हालिन्छ भने कतै पिपल वा वरको ठूलो रुखको हाँगामा पिङ भुण्ड्याउने गरिन्छ।

त्यस्तै पहाडतिर भने रोटे अर्थात् चर्खे पिङ पनि हाल्ने गरिएको छ। तर जसरी आधुनिकताले पिङ संस्कृति जोखिममा परेको छ त्यसैगरी चर्खे पिङको परम्परा पनि हराउँदै जान थालेको छ। 

विपी राजमार्ग बन्नुअघि दुर्गम मानिने काठमाडौंबाट पूर्वीतर्फको जिल्ला  रामेछापमा विगतमा चर्खे पिङको खुबै प्रचलन थियो। पिङ हराउँदै गएसँगै रामेछापमा रोटे पिङ पनि हराउँदै जान थालेको छ। विगतमा जताततै देखिने यस्तो पिङ हालका दिनमा एकाध मात्र देखिन थालेका छन्।

worldlink

रामेछापको सालुमा भने अझै पनि स्थानीयले रोटे पिङ हाल्ने गरेका छन्। केही वर्षयता यस्ता पिङ देख्न मुस्किल भएको सालुका स्थानीय बताउँछन्। 

‘पहिला पहिला त लिंगे पिङ, रोटे पिङ र फन्फनी घुम्ने चाकाचुली पिङ पनि हाल्ने गरिएको थियो,’ सालुका सुमेश घिमिरे भन्छन्, ‘अहिले लिंगे पिङ त हालिन्छ नै रोटे पिङ पनि निकै मेहनेतले हाल्ने गरिएको छ। अब कतिन्जेल हाल्ने होला र?’

चर्खे पिङ बनाउँदा, खेल्दा, खेलाउँदा दुई चार जना नै आवश्यक पर्छ।

‘चर्खे पिङ बनाउन एक दुई जनाले मात्र हुँदैन समूह नै चाहिन्छ,’ घिमिरे भन्छन्, ‘यसले सामूहिकताको पनि विकास हुन्छ। रमाइलो पनि हुन्छ।’

कामका लागि गाउँ छाडेर गएकाहरु दशैंका अवसरमा गाउँघर आइपुग्छन्। दशैंमा रमाइलो गर्ने, पिङ खेल्ने, मिठो परिकार खाने पहिलादेखि चलिआएको परम्परा हो। तर आधुनिकताको प्रभावसँगै दशैंका पुराना अभ्यासहरु हराउँदै जान थालेका छन्।  -आर्काइभबाट

प्रकाशित: Oct 04, 2022| 12:01 मंगलबार, असोज १८, २०७९
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

जसको सहारा सेतो छडी बनेको थियो

जसको सहारा सेतो छडी बनेको थियो

घरभित्र अथवा बाहिर हिँडडुल गर्न कसैको सहयोग, दिसा–पिसाव गर्न पनि सहारा लिनुपर्दाको पीडा कति अप्ठ्यारा  होलान् सहज अनुमान गर्न सकिन्छ।