शुक्रबार, साउन १५, २०८३

रविलाई बयानका लागि कारागारबाट सिंहदरबार ल्याइयो

 |  बुधबार, कात्तिक १९, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १९, २०८२

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार ल्याइएको छ।

जेन-जी आन्दोलनका क्रममा जेलबाट निस्किएको विषयमा पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगसमक्ष बयानका लागि उनलाई ल्याइएको हो।

उच्चस्तरीय जाँचबुझ आयोगले सिंहदरबारस्थित आयोगको कार्यालयमा ल्याएर लामिछानेसँग सोधपुछ गर्नेछ। यसअघि आयोग प्रतिनिधिहरु कारागारमा पनि पुगेर वस्तुस्थितिको अवलोकन गर्नुका साथै लामिछानेसँग अनौपचारिक कुराकानी गरेका थिए।

प्रकाशित: Nov 05, 2025| 13:36 बुधबार, कात्तिक १९, २०८२
प्रतिक्रिया दिनुहोस्