बिहीबार, जेठ २८, २०८३

पठाओ राइडरको कोठामा भेटियो स्वचालित हतियार

 |  बुधबार, कात्तिक १९, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १९, २०८२

काठमाडौं । तारकेश्वर नगरपालिका–११ बाट स्वचालित हतियार र पेस्तोलसहित एक जना पक्राउ परेका छन्।

National life

पक्राउ पर्नेमा कैलालीको टिकापुर–१ का शिवराज धमला छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले पक्राउ गरेको हो। उनी पठाओ राइडर पनि रहेको खुलेको प्रहरीले बताएको छ।

उनीबाट प्रहरीले स्वचालित इन्सास हतियार, सर्टगन र पेस्तोल बरामद भएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए।

उक्त हतियारहरू २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा सुरक्षाकर्मीबाट लुटिएको बताइएको छ।

जेनजी आन्दोलनको बेला प्रहरीका मात्रै १ हजार २७१ हतियार आन्दोलनकारहरूले लुटेका थिए। ५ सय भन्दा बढी हतियार अझै बेपत्ता छन्।

Shivam cement

प्रकाशित: Nov 05, 2025| 20:56 बुधबार, कात्तिक १९, २०८२
प्रतिक्रिया दिनुहोस्