बिहीबार, मंसिर ४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • सन् २०२२ को चिकित्सातर्फको नोबेल पुरस्कार स्वीडेनका स्वान्टे पाबोलाई

सन् २०२२ को चिकित्सातर्फको नोबेल पुरस्कार स्वीडेनका स्वान्टे पाबोलाई

स्वीडेनका वैज्ञानिक स्वान्टे पाबोले ‘लोपोन्मुख होमिनिनको जीनोम र मानव विकाससँग सम्बन्धित’ खोजका लागि सन् २०२२ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गर्नुभएको नोबेल समितिले सोमबार घोषणा गरेको छ।
 |  मंगलबार, असोज १८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १८, २०७९

स्टकहोम- स्वीडेनका वैज्ञानिक स्वान्टे पाबोले ‘लोपोन्मुख होमिनिनको जीनोम र मानव विकाससँग सम्बन्धित’ खोजका लागि सन् २०२२ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गर्नुभएको नोबेल समितिले सोमबार घोषणा गरेको छ।  

National life

पुरस्कार समितिका अनुसार मानव जातिको विलुप्त तर मानव जाति निकट पूर्वज प्रजाति नियनडर्थहरूको आनुवांसिक सङ्केत पत्ता लगाएर असम्भव देखिने काम गरेकाले उहाँलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जनाएको छ। 

नोबेल कमिटीले भनेको छ, 'अहिले जीवित मानव र लुप्त भइसकेको होमिनिनहरूबीचको भिन्नता देखाउने आनुवंशिक फरक हाम्रा अगाडि राखिदिएर उहाँको अनुसन्धान हामी मानव विशिष्ट कसरी छौँ भन्ने पत्ता लगाउने आधार बनेको छ।'

नीयनडर्थल डीएनए र संसारभरि रहेका मानवको डीएनएबीच गरिएको तुलनापछि उनीहरूको डीएनए युरोप र एसियाका मानिसहरूको डीएनएसँग मिल्दोजुल्दो पाइएको छ।  यसले होमो स्यापियन्सले ७० हजार वर्ष अगाडि अफ्रिकाबाट बसाइँ सरेपछि होमो स्यापियन्ससँग यौनसम्पर्क राखेर बच्चा जन्माएका थिए भन्ने बताउँछ र हामी आज पनि त्यसको विरासत देख्न सक्छौँ। 

उनले यसपहिले पहिले अज्ञात होमिनिन, डेनिसोभाहरू पत्ता लगाउने सनसनीपूर्ण खोज पनि गरेका थिए। प्रोफेसर पाबोले नोबेल कमिटी फर फिजिओलोजी अर मेडिसिनका सचिव थोमस पर्लमनले फोनद्वारा उनी पुरस्कृत भएको जानकारी दिएका थिए। 

Laxmi sunrise bank
kumari

पर्लमनले स्वान्टे पाबोलाई पुरस्कारबारे जानकारी गराउँदा उनले 'आफू आल्हादित, शब्दबिहीन साह्रै खुशी भएको बताएका थिए। उनले ले १ करोड स्वीडिश क्रोनर अर्थात् ८ लाख बेलायती पाउन्ड बराबरको पुरस्कार प्राप्त गर्नेछन्।

प्रकाशित: Oct 04, 2022| 05:30 मंगलबार, असोज १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।