काठमाडौं- मेगा बैंक नेपाल लिमिटेडले पर्सा जिल्लाको दुई स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।
पर्साको सखुवाप्रसौनी गाउँपालिका- २ र पर्सागढी नगरपालिका- ३ बडनीहारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको मेगा बैंकले जनाएको छ। सखुवाप्रसौनी गाउँपालिका-२ मा सोही गाँउपालिकाकी उपाध्यक्ष श्रीमती फुलकुमारी थरुनी तथा मेगा बैँक नेपाल लिमिटेड बीरगंज आदर्श नगरका शाखा प्रबन्धक यशपालकुमार टिब्रेवालले संयुक्त रुपमा सेवा सुरु गरेका हुन्।
गाउँपालिकाकी उपाध्यक्ष थरुनीले सखुवाप्रसौनीका बासिन्दाहरुले मेगा बैकसँग बित्तिय कारोबार गरी आफ्नो आर्थिक अवस्था सुधार गर्ने अपेक्षा लिँदै शाखारहित सेवा सुरु गरिदिएकोमा मेगा बैंकलाई आभार व्यक्त गरिन्।
यसैगरी, पर्सागढी नगरपालिका-३ मा शाखारहित सेवाको उद्घाटन गर्दै वडाध्यक्ष उद्दबबहादुर उप्रेतीले कृषक, मजदुर, न्यून आय भएका जनताको आयस्तर वृद्धि गर्न मेगा बैंकले पर्सागढी चयन गरेकोमा धन्यवाद दिए। स्थानीय जनप्रतिनिधिको हैसियतमा सक्दो सहयोग गर्न आफू तयार रहेको उनले प्रतिबद्धता जाहेर गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४