शुक्रबार, साउन १, २०८३

धरौटीमा रिहा भएलगत्तै पाँचौ पटक पक्राउ परे प्रकाण्ड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका प्रवक्ता खड्गबहादुर विक प्रकाण्डलार्इ भोजपुर जिल्ला अदालतले ६० हजार धरौटीमा रिहा गर्न आदेश गरेलगत्तै पुन: पाँचौ पटक पक्राउ परेका छन्। 

उनी रिहा भएलगत्तै बुधबार पाँचौं भोजपुर प्रहरीले अदालत बाहिरबाटै पक्राउ गरेको हो। उनलार्इ कर्तव्य ज्यान मुद्दामा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दाङ पठाइने भएको छ। 

यसअघि सर्वोच्च अदालत र भोजपुर जिल्ला अदालत गरी तीन पटक प्रकाण्डलार्इ रिहाइ गर्न आदेश दिइसकेको थियो। तर, प्रहरीले भने विभिन्न अभियोगमा उनलार्इ पक्राउ गर्ने गरेको छ।  

यसघि तेस्रो पटक सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलासले थुनामा राख्ने कारण, आधार र प्रमाण नदेखिएको भन्दै सोमबार रिहा गर्न आदेश दिएको थियो।

प्रवक्ता प्रकाण्डलार्इ पटक पटक गैरकानुनी थुनामा राख्ने काम गर्दै अदालतको आदेश पालना नगरेकोमा गम्भीर ध्यानाकर्षण गरेको सर्वोच्च अदालतका सहायक प्रवक्ता नागेन्द्रकुमार कालाखेतीले जानकारी दिएका थिए।

गैरकानुनी रुपमा करिब सात करोड चन्दा असुलीको अभियोगमा गत साउन २३ गते प्रकाण्ड पक्राउ परेका थिए। यसअघि ललितपुरस्थित एनसेल टावरमा आगजनी र काभ्रेस्थित एक ठेकेदार कम्पनीको डोजरमा आगजनी गरेको अभियोगमा प्रकाण्डलार्इ १ भदौमा सर्वोच्च रिहाइको आदेश गरेलगत्तै पक्राउ गरेको थियो। 

दोस्रोपटक ७ भदौ पनि सर्वोच्चले रिहाइको आदेश गरेलगत्तै भोजपुरमा भएको बम विष्फोटको घटनामा संलग्न भएको अभियोगमा काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको थियो।

त्यसपछि विश्वकर्मालाई विभिन्न मुद्दामा नुवाकोट र काभ्रे जिल्ला अदालतमा उपस्थित गराइएको थियो। त्यहाँको अदालतलेसमेत दिएको छाड्ने आदेश विपरित उनलाई पक्राउ गरिएको थियो।

यस्तै, नेकपाका महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै केपी-पीके सरकारले आफ्नो पार्टीका नेता/कार्यकर्तालाई दिनदिनैजस्तो अपहरणको शैलीमा गिरफ्तार गरी बेपत्ता पार्ने गरेको आरोप लगाएका छन्। 

उनले सरकारले पार्टी प्रवक्ता तथा स्थायी कमिटी सदस्य प्रकाण्ड, पोलिटब्युरो सदस्यहरू पदम राई, ओम पुन, कृष्ण धमला, मोहन कार्की, केन्द्रीय सदस्यहरू किरण राई, दीपेश राई, वेदनारायण शाह, टेकबहादुर केसीलगायत दर्जनौं नेता/कार्यकर्तालाई गिरफ्तार गरेर यातना दिइरहेको बताएका छन्।

केन्द्रीय सदस्य चन्द्रबहादुर खड्कालाई ५ भदौमा गिरफ्तार गरी अहिलेसम्म बेपत्ता पारेको पार्टीले आरोप लगाएको छ। विप्लवले सरकारले शृंखलाबद्ध गिरफ्तारी तुरुन्त रोक्न र गिरफ्तार सबैलाई ससम्मान रिहा गर्न माग गरेका छन्। 

विप्लवले आफ्ना कार्यकर्ता रिहा नगरे संसदीय व्यवस्थाको नेतृत्व गरेको वर्तमान सरकारविरुद्ध सशक्त संघर्ष गर्न बाध्य हुने चेतावनी दिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।