शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेप्से २३ अंकले उकालो लाग्दा १८ करोडले बढ्यो कारोबार

नेप्से २३ अंकले उकालो लाग्दा १८ करोडले बढ्यो कारोबार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेप्से बजार निरन्तर उकालो लागेको छ। यस हप्ताको शुरुदेखि नै बजार उकालो लागेको हो। उकालो लाग्नेक्रममा बुधबार नेप्से परिसूचक २३.८९ अंक बढेर एक हजार २३४.१३ विन्दुमा पुगेको छ।

केही दिन यता नेप्से बजारमा आएका अधिकांश समूहको परिसूचक हरियो भएपछि नेप्से बजार बढेको हो। त्यस्तै ‘क’ वर्गको कम्पनी मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत ५.३० अंकले बढेर २६१.१६ विन्दुमा पुगेको छ ।

१६७ कम्पनीको सात हजार ९०३ कारोबारबाट २३ लाख ८१ हजार ६५० पटक भएको शेयर खरिद बिक्रीबाट ७१ करोड २० लाख १६ हजार ३०६ रुपैयाँको कारोबार भएको छ।

मंगलबार ३.९८ अंक बढ्दा ५२ करोड ७५ लाख ३३ हजार ८४७ रुपैयाँको कारोबार भएको थियो। त्यसको तुलानमा आज १८ करोड ४४ लाख रुपैयाँ कारोबार बढेको हो।

नेप्से बजारमा आएका ११ विभिन्न समूहमध्ये ९ समूहको  परिसूचक बढेको छ। जसमा सबैभन्दा बढी  ननलाईफ इन्स्योरेन्स समूहको परिसूचक १६२. ६७ अंक बढेको छ।  

त्यसपछि लाईफ इन्स्योरेन्सको परिसूचक ९५.१९, माइक्रोफाइनान्स समूहको परिसूचक ४२.०९, हाइड्रोपावर समूहको परिसूचक ३९.७९ अंक बढेको छ।
 
बैंकीङ समूहको परिसूचक २२.७४, होटेल समूहको १९.११, विकास बैंकको समूहको ३०.७९, फाइनान्स समूहको ९.५२ र अन्य समूहको परिसूचक ६.६५ अंक बढेको छ ।
यसैबीच व्यापार समूहर र उत्पादनमुलक समूहको परिसूचक भने क्रमशः २.७९ र ३६.७४ अंक घटेको छ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्