शनिबार, साउन १२, २०८१

काठमाडौं महानगरले डेढ महिनामा भत्कायो १३५ अवैध संरचना

डेढ महिनामा ५६ स्थानका १३५ संरचना भत्काइएको महानगरको जनाएको छ।
 |  आइतबार, असोज १६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज १६, २०७९

काठमाडौं- काठमाडौं महानगरले डेढ महिनामा १३५ संरचना भत्काएको छ। ६ भदौदेखि अवैध रूपमा बनाइएका १३५ संरचना भत्काइएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए।  ‘धेरै–थोरैको कुरा छैन। यस अवधिमा कुनै न कुनै रूपमा सार्वजनिक जग्गा प्रयोग गर्नेको संख्या बढी पाइएको छ,’ उनले भने।

triton college

सार्वजनिक जग्गा मिच्ने क्रममा फुटपाथ प्रयोग, पर्खाल निर्माण, सार्वजनिक जग्गामा टहरा निर्माणजस्ता कार्य गरिएको फेला परेको उनको भनाइ छ।  गत १ साउनमा जारी गरिएको ३५ दिने सूचनाको बेवास्ता गरेपछि महानगरले डोजर प्रयोग गरी भत्काउने काम सुरु गरेको उनले बताए।

डेढ महिनामा ५६ स्थानका १३५ संरचना भत्काइएको महानगरले जनाएको छ। यसरी भत्काइएका संरचनाअन्तर्गत हालसम्म सबैभन्दा बढी बानेश्वर र नयाँ बसपार्क क्षेत्रमा भत्काएका छन्। महानगरले १९ स्थानका बेसमेन्ट तथा जमिन तलाको व्यावसायिक प्रयोजन हटाएर पार्किङका लागि खाली गराएको छ।

२० ठाउँका मापदण्डविपरीत निर्माण गरिएका अनधिकृत संरचना हटाएको छ। नक्सा पास नभई निर्माण भएका र नक्साअनुसार निर्माण भए पनि सोहीअनुसार प्रयोग नगरिएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सबै संरचना अवैध ठहर गर्दै महानगरले उक्त संरचनामा डोजर लगाएर भत्काउन थालेको हो।

बेसमेन्ट तथा जमिन तलालाई पार्किङका रुपमा खाली गराइएका ठाउँमध्ये वडा नं १ दरबारमार्गमा दुई वटा भवन छन्। यी नेपाल ट्रस्ट र दरबार मलको भूमिगत तला हुन्। वडा–१४ कलंकीमा रहेको स्मार्ट तारा हाउसको भूमिगत तलामा रहेको कपडा पसल र एभरेष्ट गेस्टहाउसको भूमिगत तलामा रहेको खाजा घर पनि हटाउने काम गरिएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए।

Metro Mart
vianet

वडा–२६ स्थित सामाखुसीमा रहेको पुरानो अल नेपाल अस्पताल र खड्का भवन तथा रानीबारीमा रहेको सेञ्चुरी बैंक परिसरभित्र रहेका अनधिकृत पसल हटाइएका छन्।

वडा–१० बानेश्वरमा पर्ने पाँच जनाको स्वामित्व रहेको बानेश्वर प्लाजाको ई ब्लकमा भएको संरचना हटाएर पाँचवटै घरको पार्किङ बनाउने काम भएको छ।

वडा–२२ सुन्धारास्थित काठमाडौं मलको भुइँ तलामा रहेको सटर हटाएर पार्किङका लागि खाली गरिएको छ। यही वडामा रहेको आरबी कम्प्लेक्स परिसरमा रहेका अनधिकृत टहरा हटाइएको छ।

वडा–२४ मा पर्ने सुरज आर्केट र कासा भवनको भुइँतला खाली गराइएको छ। वडा–५ क्षेत्रका सार्वजनिक ठाउँमा बनाइएका संरचना हटाइएको छ। वडा–८ पाशुपत क्षेत्र सडक पेटीमा रहेको अनाधिकृत संरचना, ओभरल्यापिङ र विज्ञापनमूलक सामग्री हटाइएको छ। 

त्यस्तै, वडा–१० को देउराली क्लब वरिपरि सडक पेटीमा राखिएका निर्माण सामग्री हटाइएको छ।

वडा–१६ को ढुंगेधारा, वडा–१७ को धोबीचौर, वडा–२४ को सुरज आर्केड अगाडिको सिँढी हटाइएको छ। वडा–१६ कै माछापोखरी नापतौल कार्यालय अगाडि र महादेव खोला किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका अस्थायी गरेर ४३ वटा संरचना हटाइएको छ।

वडा–२४, २५ र २७ सँग जोडिएका असन, इन्द्रचोक, वडा–२४ को मखनदेखि विशाल बजारतर्फ आउने गल्लीका, वडा–२५ मा रहेका सन्तानेश्वर भवानी शंकर मन्दिर, उमाशंकर मन्दिर र सडक पेटीमा अतिक्रमण गरेर राखिएका संरचना हटाइएको छ।

यस्तै, काठमाडौंं महानगरपालिकाले दसैंमा पनि अवैध संरचना भत्काउने काम नरोक्ने भएको छ। अवैध रूपमा निर्माण भएका भनिएका संरचना भत्काउने काम नरोक्ने महानगरका प्रहरी निरीक्षक धर्मराज भण्डारीले बताए। 

यसरी अवैध संरचना हटेसँगै पार्किङको समस्या २५ प्रतिशतले कम भएको महानगरले जनाएको छ।  

हाल बेसमेन्ट र अन्डरग्राउन्ट पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ वटा भवन छन्। ती सबै किसिमका संरचनालाई कानुनी दायरामा ल्याउने तयारी छ।


प्रकाशित: Oct 02, 2022| 18:00 आइतबार, असोज १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।