शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दसैंको हवाई टिकट : काठमाडौं-धनगढी १७ हजार, धनगढी-काठमाडौं ६ हजार ५ सय

दसैंको हवाई टिकट : काठमाडौं-धनगढी १७ हजार, धनगढी-काठमाडौं ६ हजार ५ सय

दसैंको हवाईं टिकटमा मनोमानीरुपमा महँगो बनाइएको छ। काठमाडौंबाट बाहिरिनेहरुको टिकट धनगढीको सबैभन्दा महँगो १७ हजारसम्म रहेको छ भने धनगढीबाट फर्किनेहरुका लागि पनि टिकट सस्तो रहेको छ।
 |  आइतबार, असोज १६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज १६, २०७९

काठमाडौं- दसैंको हवाईं टिकटमा मनोमानीरुपमा महँगो बनाइएको छ। काठमाडौंबाट बाहिरिनेहरुको टिकट धनगढीको सबैभन्दा महँगो १७ हजारसम्म रहेको छ भने धनगढीबाट फर्किनेहरुका लागि पनि टिकट सस्तो रहेको छ।

National life

धेरै मानिसहरु काठमाडौंबाट बाहिर जाने बेलामा केही भने दसैंका लागि काठमाडौं पनि आउने गर्छन्। उनीहरुका लागि दसैंको समयमा टिकट सस्तो मात्रै नभएर सजिलैसँग पाइन्छ।

कुन ठाउँबाट काठमाडौं आउँदा कति छ टिकट ?

फूलपाती (आज) मा बिराटनगरबाट काठमाडौं आउनका लागि ४ हजारदेखि ४५ सय सम्ममा प्रायः एयरलाइन्सका टिकटहरु उपलब्ध छन्। नन रिफन्डेवल रुपमा रहेको यो टिकटको मूल्य सामान्य अवस्थामा भन्दा सस्तो हो। तर, काठमाडौंबाट अहिले विराटनगर जाने हो भने ७ हजारको आसपास टिकटको मूल्य रहेको छ।

त्यस्तै, अष्टमी र नवमीको दिनमा पनि टिकटको मूल्य यस्तै छ। काठमाडौंबाट विराटनगर जानका लागि ६५ सयदेखि ७ हजारको आसपास टिकटको मूल्य रहेको छ। तर, विराटनगरबाट काठमाडौंको टिकट भने अहिले ४२ सयदेखि ४५ सय रुपैयाँसम्म पाइन्छ।

Shivam cement

काठमाडौंबाट पोखरा जानका लागि फूलपाती (आज)को टिकटको मूल्य ५३ सयदेखि ५८ सयसम्म रहेको छ। तर, पोखराबाट काठमाडौं आउने हो भने यसको टिकट मूल्य ४१ सय रहेको छ।

अष्टमी र नवमीका लागि काठमाडौंबाट पोखरा जाने टिकट ४७ सयदेखि ५५ हजारसम्मका टिकटहरु छन्। पोखराबाट काठमाडौं आउनका लागि भने आइतबार (आज)को टिकट ४ हजारदेखि ४१ सयसम्म रहेको छ।

त्यस्तै, फूलपातीमा धनगढीबाट काठमाडौं टिकटको मूल्य ६५ सय मात्रै छ। यो टिकट मूल्य अरु साधारण अवस्थामा भन्दा पनि सस्तो हो। तर, काठमाडौंबाट धनगढी जाने हो भने अहिले टिकटको मूल्य १२ हजार देखि १७ हजारसम्म रहेको छ।

अष्टमी र नवमीका लागि पनि धनगढीबाट काठमाडौं आउने टिकटको मूल्य ६ हजारदेखि ६५ सयसम्म छ। तर, काठमाडौंबाट धनगढी जाने प्लेनको टिकटको मूल्य भने यसको दोब्बर छ। अष्टमी र नवमीका दिन काठमाडौंबाट धनगढी जानका लागि टिकटको मुल्य ११ हजारदेखि १७ हजारसम्म रहेको छ।

भद्रपुरबाट काठमाडौंको टिकट मूल्य अष्टमी र नवमीका दिन ५२ सयभन्दा माथि तोकिएको छ। तर, यीनै दिन काठमाडौंबाट भद्रपुर जाने टिकट भने ७ हजार ४ सयभन्दा माथिका मात्रै छन्। त्यस्तै, फूलपाती (आज)कै भद्रपुरबाट काठमाडौं आउने प्लेनको टिकटको मूल्य ५२ सयभन्दा माथि छ भने काठमाडौंबाट भद्रपुर जाने प्लेनको टिकट सस्तोमा ६ हजार ५ सयको रहेको छ।

भैरहवा जानका लागि फूलपातीको दिनको प्लन टिकट भन्दा ५४ सय ९५ रुपैयाँभन्दा सस्तो छैन्। तर, फर्किनका लागि भने ४ हजारको टिकट पनि रहेको छ। अष्टमी र नवमीको दिन पनि काठमाडौंबाट भैरहवा जाने टिकट ५९ सयभन्दा कमको नहुँदा फर्किने टिकटमा भने करिब दुई हजार मूल्य कम छ। अष्टमी र नवमीका दिन भैरहवाबाट काठमाडौं आउने टिकट ४ हजार ९५ रुपैयाँ पनि उपलब्ध छ।

यी बाहेक अन्य स्थानबाट पनि काठमाडौं फर्किने हो भने प्लेन टिकट दसैंको टिकाको दिनसम्मका टिकटहरु सस्ता छन्। तर, काठमाडौंबाट ती स्थानमा जाने हो भने अहिले टिकटको मूल्य फर्किने धेरै महँगो छ।

हवाई कम्पनीकाअनुसार काठमाडौं फर्किनै पर्ने जहाजलाई खाली उडाउनुभन्दा सस्तोमा टिकट दिएर केही यात्रु ल्याउनका लागि सस्तोमा टिकट उपलब्ध गराइएको हो। दसैंको समयमा धेरै मानिस काठमाडौं छाडेर जाने र कम आउने हुँदा आउनेलाई हवाई यात्रातर्फ आकर्षिक गर्न गाडी भाडाकै तुलनामा कम गरिएको छ।

प्रकाशित: Oct 02, 2022| 16:15 आइतबार, असोज १६, २०७९
प्रतिक्रिया दिनुहोस्