काठमाडौं- उर्जा, जलस्रोत तथा सिचांईमन्त्री वर्षमान पुन ‘अन्नत’ आज (बुधबार) दिउंसो १२ बजे पाँच सदस्यिय सरकारी प्रतिनिधी मण्डलको नेतृत्व गर्दै बंगलादेशको भ्रमणमाको लागि प्रस्तान गरेका छन्।
बंगलादेश सरकारले आयोजना गर्न लागेको ‘पावर एण्ड इनर्जी वीक’ मा सहभागी हुन मन्त्रीको टोलि त्यसतर्फ उडेको हो। कार्यक्रममा सहभागी भएर शनिबार फर्कने पुनका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए।
उनकाअनुसार बंगलादेशको ३ दिने भ्रमणका क्रममा मन्त्री पुनले प्रधानमन्त्री शेख हसिना र आफ्ना समकक्षी नसरुल हमिदसंग भेटवार्ता गर्नका साथै उर्जा क्षेत्रमा गर्ने सहकार्यबारे समेत छलफल गर्ने कार्यक्रम छ।
गत महिना बङगलादेशसँग इनर्जीको अपरेशनमा समेत हस्ताक्षर भएको थियो। यसपटकको भ्रमणमा उर्जा क्षेत्रमा थप सहकार्य गर्ने बारे समेत छलफल हुने मन्त्रालयको भनाइ छ। यही भदौ १४ र १५ गते नेपालमा सम्पन्न बंगलादेश सम्मिलित विमस्टेक राष्ट्रको सम्मेलनमा उर्जा व्यापारको लागि विमस्टेक ग्रिड इन्टरकनेक्सन स्थापनासम्बन्धी समझदारी भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४