मंगलबार, फागुन १९, २०८२

इरानको सरकार विरोधी प्रदर्शनमा १९ जनाको मृत्यु

इरानमा एक २२ वर्षीय युवकको मृत्युलाई लिएर देशमा शुरु भएको सरकार विरोधी प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीचको भएको घातक झडपमा १९ जनाको मृत्यु भएको छ।
 |  शनिबार, असोज १५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १५, २०७९

kumari

तेहरान- इरानमा एक २२ वर्षीय युवकको मृत्युलाई लिएर देशमा शुरु भएको सरकार विरोधी प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीचको भएको घातक झडपमा १९ जनाको मृत्यु भएको छ। कुर्दिश महिला, महसा अमिनी अनुचित पोशाक लगाएको आरोपमा उनको गिरफ्तारपछि प्रहरी हिरासतमा मृत्यु भएको थियो।

इरानको सरकारी समाचार एजेन्सी इरनाले सिस्तान र बलुचिस्तानका प्रान्तीय गभर्नर होसेन मोदार्रेस खियाबानीलाई उद्धृत गर्दै  उक्त भिडन्तमा १९ जनाको मृत्यु भएको र २० जना घाइते भएको बताएको छ। इरानी प्रदर्शनकारी र प्रहरीबीच दक्षिणपूर्वी इरानमा हिंसात्मक झडप भएको हो। इरानको सुन्नी अल्पसङ्ख्यकका उपासकहरूले सिस्तान र बलुचिस्तान प्रान्तको राजधानी जाहेदानमा रहेको मक्की ग्रान्ड मस्जिदमा शुक्रबारको प्रार्थना छोड्दा भिडन्त भएको भ्वाइस अफ अमेरिकाले उल्लेख गरेको छ।

मस्जिद भित्रबाट खिचिएको एउटा भिडियोमा उपासकहरू बाहिर निस्किँदै गर्दा बाहिर बन्दुक पड्किएको आवाज सुनिएपछि  भागदौड मच्चिएको थियो।

प्रकाशित: Oct 01, 2022| 20:20 शनिबार, असोज १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।