मंगलबार, साउन १२, २०८३

खोकनामा सिकाली जात्राको रमझम

ललितपुरको खोकनामा सिकाली जात्राको रमझम सुरु भएको छ।
 |  शनिबार, असोज १५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १५, २०७९

ललितपुर- ललितपुरको खोकनामा सिकाली जात्राको रमझम सुरु भएको छ।

सिकाली चौंरमा रहेको मन्दिरमा भेला भएर स्थानीयले सो जात्रा मनाइरहेका हुन्। दसैंको सट्टामा त्यहाँका स्थानीयले यो जात्रा घटस्थापनाको दिनदेखि नवमीको दिनसम्म मनाउने गर्दछन। हरेक नागरिक र राष्ट्रकै मनमा शान्ति मिलोस् भन्ने कामनाका साथ यो जात्रा मनाउने गरिएको ललितपुर महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष रवीन्द्र महर्जनले बताए। 

जात्रामा रुद्रायणीदेवीको मूर्ति खटमा राखेर नगरपरिक्रमा गर्ने गरिन्छ भने भक्तजनहरुका लागि विभिन्न स्थानीय गुठीहरुले निःशुल्क प्रसादको रुपमा भोजन गराउने गर्दछन। यो जात्रा देशैंको बेलामा यहाँ सुरु हुने गर्दछ। जात्रामा स्थानीयले आफ्नो परम्परागत बाजागाजा बजाउने गर्दछन। जात्राको व्यवस्थापन स्थानीय गुठीहरुले गरेका हुन्छन्।

प्रकाशित: Oct 01, 2022| 18:20 शनिबार, असोज १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।