शनिबार, जेठ ३०, २०८३

दसैं दक्षिणाले बिमा

बिमा कम्पनीहरुले विभिन्न प्रकारका बिमा पोलिसीहरु बिक्री गर्दै आइरहेका छन्। आफ्नो आम्दानी र बचत अनुसार बिमा पोलिसी गरिद गर्नुपर्छ।
 |  शनिबार, असोज १५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १५, २०७९

काठमाडौं– प्युठानकी सविना पुन मगर काठमाडौँ घट्टेकुलोमा बस्छिन्। उनको पहिलो सन्तानको रुपमा जन्मेकी छोरी सरु पुन मगर अहिले भर्खरै ६ महिनाकी भइन्। सविनाले दसैंलगत्तै छोरीको बिमा गराउने योजना बनाएकी छिन्। दसैंको दक्षिणाले छोरीको बिमा गर्ने र हरेक वर्षको दक्षिणाले नै किस्ता तिर्ने उनको योजना छ। 

National life

‘दसैैं माइतीमा नै मनाउने योजना छ। नयाँ भान्जी मामाघरमा दक्षिणा राम्रै जम्मा होला,’ सविनाले सुनाइन्, ‘मेरो र छोरीको दक्षिणाले यसको बिमा गर्दिन्छु।’

उनले बच्चाको बिमाबारे बुझ्दै पनि आएकी छिन्। ‘दुई तीन जनासँग कुनमा राम्रो हुन्छ भनेर बुझेकी छु। फेरि मेरो कोठा छेउमा बस्ने बहिनी पनि अभिकर्ता हुनुहुन्छ। उहासँग पनि सुभाव मागेकी थिएँ,’ उनले भनिन्, ‘तीन हजार मात्रै प्रिमियम तिरेर पनि बिमा गर्न सकिने रहेछ।’

मानौं सिटिजन लाइफ इन्स्योरेन्समा बालबच्चाको लागि ‘सिटिजन बाल भविष्य जीवन बीमा योजना’ छ। यसले बच्चादेखि र अभिभावकको बिमा गर्छ। न्यूनतम ५० हजार देखि अधिकतम बच्चाको हकमा पचास लाख र अभिभावकको हकमा १० लाखसम्मको बिमा हुन्छ। न्यूनतम बिमा गर्दा सामान्यतया तीन हजार मात्रै भए पनि पुग्छ। त्यसपछि आफ्नो सहजता अनुसार किस्ता तिर्न सकिन्छ।

बिमा भनेको आर्थिक तथा मानविय क्षति अर्थात नोक्सानी हुँदा दिइने क्षतिपूर्तिको सुनिश्चितता हो। अर्थात् अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्ने माध्यम नै बिमा हो। भवितव्य जोखिमलाई सहजिकरण गर्ने उद्देश्यले बिमा गरिन्छ। पछिल्ला दिनहरुमा बिमाको महत्व दिनानुदिन बढ्दै छ । 

Shivam cement

बिमा कम्पनीहरुले विभिन्न प्रकारका बिमा पोलिसीहरु बिक्री गर्दै आइरहेका छन्। आफ्नो आम्दानी र बचत अनुसार बिमा पोलिसी गरिद गर्नुपर्छ। दसैंमा दक्षिणाबापत पाएको पैसामा केही थप गरेर बिमा गर्न सकियो भने भविष्यमा पक्कै पनि यसले ठूलो सहयोग गर्ने छ। 



प्रकाशित: Oct 01, 2022| 15:20 शनिबार, असोज १५, २०७९
प्रतिक्रिया दिनुहोस्