काठमाडौं- राजधानीका सडकमा खाल्टाखुल्टीका कारण निकै समस्या भएको गुनासो जनताबाट आइरहेका बेला काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सडक अनुगमनमा निस्किएका छन् ।
सडक चौडा गर्ने, मेलम्चीको पाइपलाईन खन्नेलगायतका कारण राजधानीको सडकको अवस्था दूरावस्थामा पुगेको र राजधानीवासीको पनि दिनहुँ गुनासो आउने गरेको कुरालाई ध्यानमा राख्दै मेयर शाक्य सडक अनुगमनमा निस्किएका हुन् ।
वर्षा पनि विस्तारै कम हुँदै गएपछि राजधानीका सडक निर्माणलाई तिव्रता दिन शुरु गरेको मेयर शाक्यले जानकारी दिएका छन् । बुधबार काठमाडौँको भोटेबहाल सडक निर्माणको अनुगमनमामा सोही क्षेत्र र आसपासका वडाध्यक्ष, उपभोक्ता समिति र क्लवका प्रतिनिधिसहित पुगेका हुन ।
वडा नम्बर १२ का विकास ढंगोल, ११ का हिरालाल तन्डुकार २१ का उदय चुडामणि बर्जाचार्य, २२ का चिनिकाजी महर्जन, २३ का मच्छेराजा महर्जन र ३१ का भाइराम खड्कीसँगै उनी भोटेवहाल पुगेर सडक निर्माणको कामलाई चुस्तरुपमा अघि बढाउन निर्देशन दिए ।
उनले अब विकास निर्माणको काम वित्र गतिमा अघि बढ्ने भन्दै काममा ढिलासुस्ती नगर्न पनि निर्देशन दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४