शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पूर्वी नवलपरासीमा धानमा राते रोग लागेपछि कृषक चिन्तित

पूर्वी नवलपरासीमा धानमा राते रोग लागेपछि कृषक चिन्तित

धान रोप्ने बेला सुरुमा बीउ र मल अभाव खेपेका किसानले अहिले रोगसँग सामना गर्नुपरेको हो।
 |  शनिबार, असोज १५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १५, २०७९

पूर्वी नवलपरासी- धानमा रोग लागेपछि पूर्वी नवलपरासीका अधिकांश किसान चिन्तित छन्। धान रोप्ने बेला सुरुमा बीउ र मल अभाव खेपेका किसानले अहिले रोगसँग सामना गर्नुपरेको हो।

National life

रोग लागेर बोट नसप्रने, पात रातो हुने तथा बोट मर्ने गरेको किसानले बताएका छन्। रोग नियन्त्रण गर्न लकडाउनका कारण मल तथा औषधि अभाव भएको कावासोती–१२ का कृषक राजेश लम्सालले बताए। ‘सुरुमा मल पाइएन हामीले पनि मल नपुगेर होला भन्यौँ’, लम्सालले ‘अहिले बोट नै रातो हुँदै गइरहेको छ। मुख्य बाली धान नोक्सान भएको छ।’ कावासोती नगरपालिका–१६ का २४ कृषकको करिब एक सय १३ बिघाभन्दा धेरै धान खेतमा यो रोग देखिएपछि क्षतिपूर्तिका लागि वडा कार्यालयमार्फत नगरपालिकामा माग गरेका कृषक लक्ष्मण विकले बताए।

रोपाइँ सकिएको १५ देखि २० दिनमा धानखेतीलाई युरिया मल चाहिन्छ। किसानले धान रोपेको दुई महिना बित्न लाग्दासमेत मलसमेत पाएनन्। अरू सेवा त परै जाओस् किनेर मल हाल्नसमेत नपाउँदा उत्पादन गत वर्षभन्दा कम हुने कृषकले अनुमान गर्न थालेका छन्। 

करिब १८ हजार हेक्टरभन्दा धेरै क्षेत्रमा धान खेती गरिएकामध्ये अधिकांश क्षेत्रका धान खेतमा राते रोग देखिएको कृषि ज्ञान केन्द्र पूर्वी नवलपरासीकी प्रमुख मीरा चौधरीले बताइन्। धानमा लागेको राते रोगका कारण यस वर्षको धानको उत्पादन पनि घटने प्रमुख चौधरीले बताइन्। 

बोट रातो देखिएपछि युरिया डिएपी जस्ता मल प्रयोग गर्दा बोट पोटिलो भएर आउने र झिंगालाई पात चुस्न झन सहज हुने हुँदा कृषि प्राविधिकको सल्लाहअनुसार मल तथा औषधि प्रयोग गर्नुपर्ने चौधरीको भनाइ दछ। धान खेतमा देखिएको यो रोगको तत्कालको रोकथाम भनेको डाइमेथिएट विषादी चार लिटर पानीमा एक मिलिलिटरको दरले मिसाएर धानको पात र बोट भिज्ने गरी छर्किनुपर्ने चौधरीले बताइन्। 

Shivam cement

औषधि प्रयोगपश्चात केही ठाउँमा सुधार आए पनि कुनैमा भने सुधार नभएको जनाइएको छ। कति क्षेत्रमा रोगले असर पारेको त्यसको विवरण सङ्कलन भइरहेको र कृषि प्राविधिक कृषकका खेतमा पठाएर रोग नियन्त्रणको प्रयास भइरहेको चौधरीले बताइन्।   -रासस

प्रकाशित: Oct 01, 2022| 07:12 शनिबार, असोज १५, २०७९
प्रतिक्रिया दिनुहोस्