काठमाडौं- नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२९ रुपैयाँ ८५ पैसा र बिक्री दर १३० रुपैयाँ ४५ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १२७ रुपैयाँ २० पैसा र बिक्री दर १२७ रुपैयाँ ७९ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १४४ रुपैयाँ ८९ पैसा र बिक्री दर १४५ रुपैयाँ ५६ पैसा छ।
यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ३५ पैसा र बिक्री दर ८४ रुपैयाँ ७४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ८७ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ३१ पैसा छ।
जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९९ पैसा र बिक्री दर ९ रुपैयाँ ०३ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ २७ पैसा र बिक्री दर १८ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३४ रुपैयाँ ५७ पैसा र बिक्री दर ३४ रुपैयाँ ७३ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४४ पैसा र बिक्री दर ३५ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ छ भने बिक्री दर २८ रुपैयाँ १३ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ०५ पैसा र बिक्री दर ९ रुपैयाँ १० पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। -यस्तो छ आजको विनिमय दर