शुक्रबार, असोज २, २०८३

कृषि विकास बैंकमा मागभन्दा कम उम्मेदवार पास

विभिन्न तहका लागि भएको परीक्षामा आवश्यक संख्यामा परीक्षार्थी उत्तीर्ण नभएपछि बैंकमा कर्मचारी नपाउने भएको हो।
 |  शुक्रबार, असोज १४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १४, २०७९

काठमाडौं- कृषि विकास बैंकले आवश्यक कर्मचारी नपाउने भएको छ। विभिन्न तहका लागि भएको परीक्षामा आवश्यक संख्यामा परीक्षार्थी उत्तीर्ण नभएपछि बैंकले कर्मचारी नपाउने भएको हो।

लोक सेवा आयोगले लिएको लिखित परीक्षामा पाचौँ तहको सहायक स्तरका लागि ४८ जना कर्मचारी माग गर्दा १४ जनाले मात्र लिखित परीक्षा पास गरेका छन्। प्रशासन सेवा समूह अन्तर्गतको कार्यालय सहायक पदका लागि गत वर्ष चैत २७ र २८ गते लिएको लिखित परीक्षामा १८४ जना सहभागी भएपनि आवश्यक संख्याभन्दा कम परीक्षार्थी उत्तीर्ण भएका हुन्। 

सोही बैंकको सातौँ स्तरको प्राविधिक अधिकृतमा कुनै पनि परीक्षार्थी सफल भएका छैनन्। एक जना माग संख्याका लागि लिखित परीक्षामा दुई जना सहभागी भएपनि कुनै पनि उम्मेदवारले लिखित परीक्षा पास गर्न सकेनन्।

यस्तै अधिकृत स्तर सातौँ तह  वरिष्ठ शाखा अधिकृतका लागि भएको परीक्षामा पनि आवश्यक संख्या कर्मचारी पास भएका छैनन्। १३ जना माग गरिएको पदका लागि १५ जना लिखित परीक्षामा सहभागी भएपनि १२ जना मात्र पास भएका हुन्। यस्तै अधिकृत स्तर दसौँ तह प्रशासन समूह विभागी प्रमुखका लागि दुई जना माग हुँदा एक जना मात्र सफल भएका छन्। 

आयोगले असोज १४ गते सार्वजनिक गरेको बैंकको प्रतिस्पर्धात्मक लिखित परीक्षाको नतिजा आयोगको वेबसाइटमा हेर्न सकिन्छ।

प्रकाशित: Sep 30, 2022| 20:29 शुक्रबार, असोज १४, २०७९
प्रतिक्रिया दिनुहोस्