काठमाडौं– महिनाभरी उत्कृष्ट कार्यसम्पादन गर्ने १२ प्रहरीलाई पुरस्कृत गरिएको छ । सम्मानित १२ प्रहरीलाई महानगरीय प्रहरी परिसर काठमाडौले नगद पुरस्कारसहित सम्मान गरेको हो ।
महानगरीय प्रहरी वृत्त, जनसेवाका प्रहरी नायब उपरीक्षक टेकुनन्द इवालिम्बु र महानगरिय प्रहरी वृत्त लैनचौरका प्रहरी नायब उपरीक्षक गौतमकुमार केसीलाई ५० हजार रुपैयाँ राशीको पुरस्कार संयुक्त रुपमा प्रदान गरिएको छ ।
त्यस्तै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी निरीक्षक अनिकुरमा अधिकारी र महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठलाई ३५ हजार रुपैयाँको पुरस्कार संयुक्त रुपमा प्रदान गरिएको छ ।
त्यस्तै महानगरीय प्रहरी वृत्त लैनचौरका प्रहरी नायव निरीक्षक मिनबहादुर खड्का र प्रहरी वृत्त दरबारमार्गका प्रहरी नायब निरीक्षक पूर्णबहादुर कठायतले २५ हजार रुपैयाँ बराबरको पुरस्कार संयुक्त रुपमा पाएका छन् ।
इलाका प्रहरी कार्यालय फर्पिङ्गका प्रहरी सहायक निरीक्षक सुरेन्द्रबहादुर बसेल र महाराजगञ्ज वृत्तका प्रहरी सहायक निरीक्षक विश्वभुषण खड्कालाई २० हजार रुपैयाँ बराबरको पुरस्कार संयुक्त रुपमा प्रदान गरिको छ ।
प्रहरी वृत्त दरबारमार्गका प्रहरी हवल्दार किशोरकुमार गोले र प्रहरी प्रभाव साँखुका प्रहरी हवल्दार रुपबहादुर थापाले १५ हजार रुपैयाँ बरारबको पुरस्कार संयुक्त रुपमा प्राप्त गरेका छन् भने प्रहरी वृत्त बालाजुका प्रहरी जवान कमलप्रसाद देवकोटा र थली वृत्तका प्र्रहरी जवान जीवन श्रेष्ठले १० हजार रुपैयाँ राशीको पुरस्कार संयुक्त रुपमा पाएका छन् ।
बंगलादेश बैकको आर्थीक सहायतामा प्रदान गरिने ‘काठमाडौं प्रहरी अवार्ड २०७५’ अनुसार प्रत्येक महिना उत्कृष्ट १२ प्रहरीलाई पुरस्कृत गरिने प्रहरी परिसर टेकुका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक रामदत्त जोशीले जानकारी दिए ।
प्रहरी अवार्ड अनुसार प्रत्येक महिना उत्कृष्ठ १२ जना प्रहरीलाई पुरस्कृत गरिने प्रहरी परीसर टेकुले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४