मंगलबार, वैशाख २९, २०८३

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबारदेखि ६ दिन डेंगु परीक्षण नहुने

डेंगुको बिरामी बढिरहेका बेला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भने फूलपातीको दिनदेखि असोज २१ गते शुक्रबारसम्म परीक्षण बन्द गर्ने निर्णय गरेको हो। तर, कोभिड–१९ को परीक्षण भने दसैं बिदाको दिन पनि गरिने भएको छ।
 |  शुक्रबार, असोज १४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १४, २०७९

काठमाडौं- राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आइतबारदेखि ६ दिन डेंगुको परीक्षण स्थगित गर्ने भएको छ। डेंगुको बिरामी बढिरहेका बेला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भने फूलपातीको दिनदेखि असोज २१ गते शुक्रबारसम्म परीक्षण बन्द गर्ने निर्णय गरेको हो। तर, कोभिड–१९ को परीक्षण भने दसैं बिदाको दिन पनि गरिने भएको छ।

National life

जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी लोकबन्दु चौधरीले डेंगुको इमरजेन्सी टेष्ट नभएकाले बन्द गरेको बताए। ‘डेंगुको क्लिनिकलगायत अस्पताल पनि टेष्ट हुन्छ,’ उनले भने। प्रयोगशालामा एक पटक परीक्षण गर्न ८ सय रुपैयाँ शुल्क लाग्छ भने क्लिनिकमा एक हजार ५ सयदेखि २ हजार रुपैयाँसम्म लिने गरेको छ।

प्रयोगशालाका कर्मचारीहरुले डेंगु प्रकोप बढिरहेका परीक्षण जारी राख्नुपर्ने बताएका छन्। उनीहरुका अनुसार डेंगु परीक्षण गर्न एक जना कर्मचारी खटाए पुग्छ। ‘ड्युटी मिलाएर राख्‍न सकिन्थ्यो,’ उनले भने, ‘तर, बेवास्ता गरियो।’

डेंगुका बिरामी २८ हजार नाघिसकेका छन् भने मृत्यु संख्या ३८ पुगिसकेको छ। सबभन्दा बढी काठमाडौंमा झन्डै १० हजार पुगिसकेको छ।

सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ११ जना आईसीयू, ३८ जना भर्ना र इमरजेन्सीमा ५० जना उपचारर्थ छन्। दैनिक ओपीडीमा डेढ सय जना बिरामी उपचारका लागि आउने गरेका छन्।

शुक्रराजका सूचना अधिकारी नवराज गौतमका अनुसार डेंगुका कारण बिहीबार एक जनाको मृत्यु भयो। ‘यो लामखुट्टे घरभित्र र झाडीमा बस्‍ने प्रकृतिको छ,’ उनले भने, ‘निर्मुल पार्ने उपाय सबभन्दा राम्रो सरसफाई हो।’

प्रकाशित: Sep 30, 2022| 17:12 शुक्रबार, असोज १४, २०७९
प्रतिक्रिया दिनुहोस्