बुधबार, वैशाख ९, २०८३

आत्मघाती बम विस्फोटमा परी अफगानिस्तानमा १९ जनाको मृत्यु

शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको काबुल प्रहरीले जनाएको छ।
 |  शुक्रबार, असोज १४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १४, २०७९

काबुल- अफगानिस्तानको राजधानी काबुलको दश्त-ए-बर्ची छिमेकमा परीक्षा तयारीको लागि खोलिएको एक शैक्षिक केन्द्रमा आत्मघाती बम विस्फोट भएको छ।

National life

शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको काबुल प्रहरीले जनाएको छ। विस्फोटमा परी अन्य २७ जना घाइते भएको प्रहरीले जनाएको छ।

विस्फोट पश्चिमी काबुलको दश्त-ए-बर्ची छिमेकमा भएको थियो। अल्पसंख्यक हजारा समुदायको मुख्य रूपमा शिया मुस्लिम क्षेत्र, अफगानिस्तानको सबैभन्दा घातक आक्रमणहरु लक्ष्य गरिएको पाइएको छ। 

विद्यार्थीहरु परीक्षाको तयारी गरिरहेका बेला यस शैक्षिक केन्द्रमा आत्मघाती बम हमला भएको थियो। 'दुर्भाग्यवश, १९ जना मारिएका छन् र अन्य २७ जना घाइते भएका छन्।,' काबुल प्रहरीका प्रवक्ता खालिद जाद्रानले बताए। 

उच्च शैक्षिक केन्द्रले विद्यार्थीहरूलाई मुख्यतया वयस्क पुरुष र महिलाहरूलाई विश्वविद्यालय प्रवेश परीक्षाको तयारी गर्न प्रशिक्षण दिने गरेको जनाइएको छ। -अलजजीरा

kumari

प्रकाशित: Sep 30, 2022| 15:32 शुक्रबार, असोज १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।