शुक्रबार, साउन १, २०८३

अख्तियारको प्रमुख आयुक्तमा नवीन घिमिरे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- संवैधानिक परिषदले अख्तियार दुरुपयोग अनुसन्धन आयोगको प्रमुखमा नवीन घिमिरेलाई सिफारिस गरेको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार बसेको  परिषदको बैठकले उनलाई सिफारिस गर्ने निर्णय गरेको हो।

हाल अख्तियारको कार्यवाहक प्रमुख रहेका घिमिरे संसदीय सुनुवाइ प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट प्रमुख आयुक्तमा नियुक्त हुनेछन्।

तत्कालीन प्रमुख आयुक्त लोकमानसिहं कार्कीलाई हटाएपछि दीप बस्‍नेतलार्इ प्रमुख आयुक्त  नियुक्त गरिएको थियो। उनले २९ माघ ०७४ मा ६५ वर्षे उमेर हदका कारण अवकाश लिएपछि प्रमुख आयुक्त पद रिक्त थियो। चार आयुक्तमध्ये वरिष्ठताका आधारमा घिमिरेलाई कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी दिइएको थियो। बस्नेतको अवकाशपछि आयोगमा कार्यवाहक प्रमुख आयुक्त घिमिरे, आयुक्तत्रय डा. गणेशराज जोशी, सावित्री थापा गुरुङ र राजनारायण पाठक छन्। पृष्ठभूमि, अनुभव, दक्षता सबै हिसाबले प्रमुख आयुक्त बन्न योग्य मानिएका थिए, घिमिरे।

अहिलेसम्म विवादमा नपरेका घिमिरे पूर्वप्रशासक हुन्। गृह, रक्षालगायत महत्वपूर्ण मन्त्रालयमा सचिव भएर प्रशासनिक नेतृत्व सम्हालेका उनको प्रशासन क्षेत्रमा लामो अनुभव छ। खरो स्वभाव र विषयवस्तुमा गहिरो अध्ययनका कारण अख्यितारमा उनको संलग्नता महत्वपूर्ण रहँदै आएको छ। अख्तियारको प्रमुख आयुक्तका लागि पूर्वमुख्यसचिव एवम् चीनका लागि नेपाली राजदूत लीलामणी पौडेल, गृह सचिव प्रेमकुमार राई र पूर्वगृहसचिव सूर्यप्रसाद सिलवालको नाम पनि चर्चामा थियो। यस्तै, पूर्वमहान्यायधिवक्ता युवराज संग्रौला र पूर्वमुख्यसचिव राजकिशोर क्षत्रीलाई पनि सम्भावित पात्रका रूपमा हेरिएको थियो।

लामो समयसम्म रिक्त रहेको अख्तियारले नेतृत्व पाएसँगै गति लिने विश्वास गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।