शुक्रबार, असोज २, २०८३

दसै बिदाअघि नेप्सेमा हरियाली

दसैंको बिदा सुरु हुनुअघि नेप्सेमा हरियाली आएको छ। बिहीवार नेप्से सूचक १६.२९ अंकले बढेर १८५३.७६ बिन्दुमा पुगेको हो।
 |  बिहीबार, असोज १३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १३, २०७९

काठमाडौं- दसैंको बिदा सुरु हुनुअघि नेप्सेमा हरियाली आएको छ। बिहीवार नेप्से सूचक १६.२९ अंकले बढेर १८५३.७६ बिन्दुमा पुगेको हो।

२२३ कम्पनीको १७ लाख ९१ हजार ४८० कित्ता सेयरको कारोबार ६३ करोड २४ लाख ७ हजार ६२७ रुपैयाँमा भएको थियो। बिहीवार नेप्सेका १३ वटा उपसमूहमध्ये जीवन बीमाबाहेक सबै उपसमूहको सूचक बढेको छ। 

बिहीवार अभियान लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेको छ। सामलिङ्ग पावरको सेयरमूल्य ७.९४ प्रतिशतले घटेको छ। बिहीवार नबिल बैंकको सबैभन्दा धेरै २ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भयो।

सेयर बजार असोज २३ गतेसम्मका लागि बन्द भएको छ। 

प्रकाशित: Sep 29, 2022| 17:17 बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्