काठमाडौं- लघुबिमाको लाइसेन्सका लागि ३१ वटा कम्पनीको आवेदन परेको छ। आवेदनका लागि बिहीबार मध्याह्न १२ बजेसम्मको समय तोकिएको थियो।
बिमा समितिले गत भदौ १० गते ३५ दिनभित्र लाइसेन्सको लागि आवेदन माग गरेको थियो। आवेदन आह्वान गरेको ३२ दिनसम्म एउटा पनि कम्पनीले आवेदन दिएको थिएन। ३३ औं दिन अर्थात म्याद सकिन दुई दिन बाँकी रहँदा ७ वटा कम्पनीले आवेदन दिएकोमा अन्तिम दुई दिन आवेदनकको घुइँचो लागेको हो।
बिहीबार एकै दिन २४ वटा कम्पनीको आवेदन परेको छ। समितिमा आवेदन दिने कम्पनीहरुमा नेको लाइट (जनरल) इन्स्योरेन्स, स्वदेशी लघु जीवन बिमा, जानकी जीवन बिमा, नेपाल माइक्रो इन्स्योरेन्स, गण्डकी माइक्रो इन्स्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स र एभरेष्ट माइक्रो इन्स्योरेन्स रहेका छन्।
एक्सप्रेस माइक्रो इन्स्योरेन्स, ट्रस्ट माइक्रो इन्स्योरेन्स, माछापुच्छ्रे माइक्रो इन्स्योरेन्स, अल्फा माइक्रो इन्स्योरेन्स, उन्नति माइक्रो लाइफ इन्स्योरेन्स, उन्नति माइक्रो जनरल इन्स्योरेन्स, लुम्बिनी लघु जीवन बिमा, मुक्तिनाथ जनरल माइक्रो इन्स्योरेन्स, मुक्तिनाथ माइक्रोलाइफ इन्स्योरेन्स, गरिमा माइक्रो इन्स्योरेन्स, सिजी लाइफ इन्स्योरेन्स, सिजी इनस्योर, सिजी इन्स्योरेन्स माइक्रो इन्स्योरेन्स, गण्डकी माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्सले पनि लघुबिमाका लागि आवेदन दिएका छन् ।
त्यसैगरी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, क्वेस्ट माइक्रो इनस्योरेन्स, लिवर्टी माइक्रो इन्स्योरेन्स, श्री शक्ति लघु जीवन बिमा, कोयर माइक्रो जनरल, अभियान लघुबिमा, हिम शिखर जीवन लघुबिमा, सुरक्षा लघु बिमा र स्वर्गद्धारी लघु जीवन बिमा कम्पनीले पनि आवेदन दिएका छन् ।
आवेदन दिनेमा १५ वटा जीवन र १६ वटा निर्जिवन लघु बिमा कम्पनी छन्।