शुक्रबार, साउन १, २०८३

तलेजु मन्दिरको पुनःनिर्माण अझै अन्योलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
ललितपुर- पाटन दरबार क्षेत्रमा रहेको देगु तलेजु मन्दिर पुनःनिर्माणको टुङ्गो लाग्न सकेको छैन । 

भूकम्पबाट क्षति पुगेको तीन वर्ष वित्दा समेत मन्दिर पुनःनिर्माणको जिम्मा कसलाई दिने भन्नेबारे अन्योल छ । पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजिमान प्याकुरेलका अनुसार जापान सरकारले उक्त मन्दिर निर्माणका लागि रु १३ करोड सहयोग गर्ने भएको छ । उनले भने, “कसले पुनःनिर्माण गर्ने भन्ने टुङ्गो लागेपछि मात्र काम अघि बढ्छ ।” 

सो क्षेत्रमा भूकम्प अघि काठमाडौँ उपत्यका विकास कोषले स्मारक पुनःनिर्माणको काम गर्दै आएको थियो । भूकम्पपछि कतिपय स्मारक सरकार आफैँले पुनःनिर्माण थालेको छ । ठेकेदारको ढिलाइ तथा कतिपय ठेकेदार सम्पर्कमा नआउँदा पुनःनिर्माणको तीव्ररूपमा अघि बढ्न सकेको छैन । 

कोषले भने काम समयमा नै गर्न सक्ने प्याकुरेलको दावी छ । “कानूनी प्रावधानका कारण कोषलाई कामको जिम्मेवारी दिन सकिएको छैन,” उनले भने । सरकारले पुनःनिर्माणका लागि गैरसरकारी संस्थालाई रु ६० लाखभन्दा बढी रकम दिन नमिल्ने नियम छ । 

काठमाडौँको हनुमान दरबार र ललितपुरको देगु तलेजु मन्दिर पुनःनिर्माण गर्न नेपालस्थित जापानी दूतावासले गत वर्ष नेपाल सरकारसँग सम्झौता गरेको थियो । विश्व सम्पदा सूचीमा सूचीकृत विभिन्न स्मारकमध्ये देगु तलेजु महत्वपूर्ण मानिन्छ । मल्लकालमा राजा सिद्धिनरसिंह मल्लले उक्त मन्दिर बनाउन लगाएको इतिहास छ । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।