शुक्रबार, असोज २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले जारी गर्‍यो ३० अर्बको रिपो

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले जारी गर्‍यो ३० अर्बको रिपो

दसैंमा बिदा हुने हुँदा बैंकहरूलाई चाहिने रकम व्यवस्थापनका लागि राष्ट्र बैंकले रिपो जारी गरेको हो।
 |  बिहीबार, असोज १३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १३, २०७९

काठमाडौं– नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि ३० अर्ब रुपैयाँ बराबरको  रिपो जारी गरेको छ। बैंकहरूले बोलकबोलबाट सो रकम लिन सक्नेछन्। यो एक साता कार्यदिनका लागि मात्र हुनेछ। 

दसैंमा बिदा हुने हुँदा बैंकहरूलाई चाहिने रकम व्यवस्थापनका लागि राष्ट्र बैंकले रिपो जारी गरेको हो। बुधबार जारी रिपो २७ असोजमा परिपक्व हुनेछ।

बोलकबोलमार्फत जारी हुने रिपो क, ख, ग वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाइन बिडिङमार्फत खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: Sep 29, 2022| 12:35 बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्