शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • हालसम्म दसैं लक्षित १२ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही

हालसम्म दसैं लक्षित १२ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही

राष्ट्र बैंकले आगामी शुक्रबारसम्म सर्वसाधारणलाई नयाँ नोट उपलब्ध गराउने भएकाले थप ५० करोड रुपैयाँ जति नयाँ नोट सटही हुन सक्ने अनुमान।
 |  बिहीबार, असोज १३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १३, २०७९

काठमाडौं– राष्ट्र बैंकले नवदुर्गाको तेस्रो दिन बुधबासम्म नेपालीले १२ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटिसकेको विवरण सार्वजनिक गरेको  छ। राष्ट्र बैंकले दसैं–तिहार र छठ पर्व अवसर पारेर उपलब्ध गराएको सफा नोट सटही सुविधामा उक्त परिमाणको नयाँ नोट साटिएको हो।

National life

राष्ट्र बैंकले गत २९ भदौदेखि नयाँ नोट साट्न थालेको थियो। बैंक तथा वित्तीय संस्थाले भने २ असोजदेखि नयाँ नोट साट्न थालेका थिए।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई भने २३ भदौदेखि नै नयाँ नोट उपलब्ध गराएको थियो। १२ असोजसम्म १२ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटिएको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपालले बताए।

राष्ट्र बैंकले आगामी शुक्रबारसम्म सर्वसाधारणलाई नयाँ नोट उपलब्ध गराउने भएकाले थप ५० करोड रुपैयाँ जति नयाँ नोट सटही हुन सक्ने अनुमान कार्यकारी निर्देशक नेपालको छ।

‘बैंक तथा वित्तीय संस्थाले ठूलो परिमाणमा नोट लैजान्छन्। उनीहरुले लगिसकेका छन्। सर्वसाधारणले दैनिक १० देखि १५ करोड रुपैयाँ बराबरका नयाँ नोट साट्ने गरेकाले आगामी शुक्रबारसम्म बढीमा ५० करोड रुपैयाँ बराबरका नयाँ नोट साटिन्छ होला,’ कार्यकारी निर्देशक नेपालले भने।

Shivam cement

राष्ट्र बैंकले केन्द्रीय कार्यालय बालुवाटारबाट र उपत्यका बाहिरका ७ कार्यालयबाट नयाँ नोट सटही गरिरहेको छ। काठमाडौंको बालुवाटारमा ५ वटा काउन्टर राखेर नयाँ नोट सटही गरिरहेको हो। राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट दैनिक औसतमा ७ सय जनाले नयाँ नोट सटही गर्दै आएका छन्।

काठमाडौं उपत्यका बाहिरका कार्यालयबाट दैनिक औसतमा प्रतिकार्यालय ४ सय जनाले सटही गर्ने गरेका छन्। सोही विवरण पछ्याउँदा जिल्लाका ७ कार्यालयबाट दैनिक २८ सयदेखि ३ हजारले नयाँ नोट साट्ने गरेको कार्यकारी निर्देशक नेपालले बताए।

प्रकाशित: Sep 29, 2022| 11:34 बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्