शनिबार, जेठ ३०, २०८३

आम्दानीको राम्रो स्रोत बन्दै बाख्रापालन

विसं २०५९ मा पौडेलले एउटा माउ बाख्रा पालेर सुरु गर्नुभए पनि तीन वर्षपछि २०६२ सालदेखि व्यावसायिकरुपमा बाख्रापालन थालेका हुन्।
 |  बिहीबार, असोज १३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १३, २०७९

स्याङ्जा-  स्याङ्जाको वालिङ-१४ उपल्लो पेखुका मेघनाथ पौडेलले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन्। 

National life

विसं २०५९ मा पौडेलले एउटा माउ बाख्रा पालेर सुरु गर्नुभए पनि तीन वर्षपछि २०६२ सालदेखि व्यावसायिकरुपमा बाख्रापालन थालेका हुन्। विसं २०६२ मा ‘मेघनाथ बाख्रा प्रजनन तथा नश्ल सुधार उद्योग’ संस्था दर्ता गरी बाख्राको मासुभन्दा पनि बीउका लागि काम गर्दै आएका हुन्। पौडेलले अहिले शुद्ध बोयर जातको बाख्राको बोका र पाठी बिक्री गरी मनग्य आम्दानी गर्दै आएका छन्।

'मैले मासुलाई भन्दा बीउका लागि बोयर जातको शुद्ध बोका र पाठी बिक्री गर्दै आएको छु', उनले भने। बाख्रापालनबाट वार्षिकरुपमा सबै खर्च कटाएर रु १२ लाख आम्दानी हुँदै आएको पौडेल बताउँछन्। यहाँ उत्पादन भएको शुद्ध बोयर जातको बोका तथा पाठीको माग देशका विभिन्न जिल्लाबाट आउने गरेको छ। 

'यहाँ उत्पादन भएका बोयर जातको बोका तथा पाठीलाई बीउका रुपमा देशका विभिन्न जिल्लाबाट माग हुने गरेको छ', उनले भने, 'उत्पादन गर्नसके बजारको कुनै समस्या छैन, मागअनुसार उत्पादन गर्न सकिएको छैन।' बाख्रापालनका लागि आवश्यक घाँस उनले ६५-७० रोपनी क्षेत्रफलमा लगाउनुभएको छ। उन्नत र आधुनिक भुइँ तथा डाले घाँस प्रशस्तै छ। 

जिल्ला पशुसेवा कार्यालयबाट पटक/पटक अनुदानसहित नमूना फर्मका रुपमा समेत उनी पुरस्कृत भइसकेका छन्। 'बाख्रापालन गर्नुपूर्व पाँच वर्ष शिक्षण पेसा र २० महिना विदेशमा रोजगारी गरेँ', पौडेलले भने, 'म ती दुवै कामबाट सन्तुष्ट भइन् र गाईं, भैँसी, कुखुरा पाल्ने सोच बनाएँ तर गाउँको भूगोलअनुसार सम्भव नदेखेपछि बाख्रापालनलाई व्यावसायिकरुपमा अगाडि बढाएको हुँ।' 

Shivam cement

बाख्रापालन नै पौडेलको परिवारको मुख्य आम्दानीको स्रोत हो। बाख्रापालनबाट प्राप्त भएको आम्दानीले उनले बजारमा घरजग्गा जोडेका छन्। छोराहरुलाई उच्च शिक्षा तथा घर खर्च पनि यही व्यवसायबाट चलाउँदै आएका छन्। 

लामो समय बाख्रापालनमै बितेकाले पनि सामान्य समस्या आउँदा पौडेल आफै औषधि उपचार गर्छन्। जटिल उपचारका लागि वालिङ नगरपालिका तथा एग्रोभेटबाट पशु प्राविधिकको सहयोग लिने गरेको उनी बताउँछन्।  -रासस

प्रकाशित: Sep 29, 2022| 10:24 बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्