शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रचण्ड भोलि भारत जाने : फर्केलगत्तै किन जाँदैछन् चीन?

प्रचण्ड भोलि भारत जाने : फर्केलगत्तै किन जाँदैछन् चीन?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत र चीन भ्रमणको दौडाहामा निस्कने भएका छन्। भोलि बिहीबार ६ दिने भारत भ्रमणमा निस्किन लागेका प्रण्चण्ड स्वदेश फर्केलगतै चीन जाने भएका छन्। 

भारत भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू तथा विभिन्न उच्च अधिकारीहरूसँग भेट गर्ने तय भएको छ। भेटमा उनले नेपालका राजनीतिक घटनाक्रमका साथै राष्ट्रिय स्वार्थ र विकासका विषयमा छलफल गर्ने बताइएको छ।
 
उनी भ्रमणको पहिलो दिन बिहीबार नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने र कार्यक्रमलाई सम्बोधन गर्ने तालिका छ। 

यस्तै, प्रचण्ड शुक्रबार इन्डियन काउन्सिल अफ वर्ल्डले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन्। शुक्रबार नै भारतीय विदेशमन्त्रीसँग दिवाभोजसहितको भेटवार्ता गर्ने भएका छन्। उनले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने बताइएको छ। 

बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आएका मोदीलाई स्वदेश फर्किएको एक सातापछि नै प्रचण्डले भेट्न लागेका हुन्। भेटमा कस्ता एजेन्डामा छलफल हुने भन्ने विषय नखुलाइए पनि नेपालको राजनीतिक अवस्था र भारतीय सहयोगका विषयमा छलफल हुन सक्ने प्रचण्डको सचिवालय स्रोतले जनाएको छ। उनी भारत भ्रमण सकेर २६ भदौमा मंगलबार स्वदेश फर्कने छन्। 

भारत भ्रमण सकेर फर्किएलगत्तै प्रचण्ड एक साता लामो चीन भ्रमणमा निस्कने भएका छन्। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा उनी ३० भदौमा चीन प्रस्थान गर्ने निश्चित भएको छ। 

चीन भ्रमणका क्रममा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसअघि उनले चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नेछन्। 

भेटमा उनले व्यापार र पारवहनका विषयमा छलफल गर्ने भएका छन्। बेल्ट एन्ड रोड इनिसिएटिभअन्तर्गतका परियोजना र तातोपानी नाका खोल्ने सम्बन्धमा पनि छलफल गर्ने बताइएको छ। उनले नेपालको रानीतिक अवस्था र पार्टी एकताको बारेमा पनि कुराकानी गर्न सक्ने अनुमान गरिएको छ। 

पार्टी एकतापछि उनले पहिलो पटक चीन र भारतको भ्रमण गर्न लागेका हुन्। एमाले र माओवादीबीचको एकतापछि मौनजस्तो देखिएका प्रचण्ड एकाएक सक्रिय बन्नुलाई अर्थपूर्ण मानिएको छ। केपी ओली नेतृत्वको सरकार अलोकप्रिय बन्दै जानु र प्रचण्डले सार्वजनिक रूपमा सरकार पुर्नगठन हुन्छ भन्नुले पनि उनको यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।