शनिबार, असोज १९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

हृदयघात किन हुन्छ? मुटु रोगबाट कसरी जोगिने?

नेपालमा हृदयाघातको कारण कति मानिस मरिरहेका छन् भन्ने कुरामा ख्याल गरिन्न। त्यतिमात्र कहाँ हो र? हृदयाघातका बिरामी नेपालमा निकै थोरैको मात्र उपचार भएको छ।
 |  बिहीबार, असोज १३, २०७९
nespernesper

डा. ओममूर्ति अनिल

डा. ओममूर्ति अनिल

बिहीबार, असोज १३, २०७९

मुटुलाई स्वस्थ राख्नका लागि हाम्रो खानपान, जीवनशैलीले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। खानपानका साथै हामीले जीवनशैलीलाई क्रियाशील बनाउनुपर्छ।

triton college

हामी हाम्रो खानामा कतिको विचार गर्छौं भन्ने कुरा नै विचार गर्दैनौं। अस्वस्थकर खानपानले नै हाम्रो स्वास्थ्यलाई असर गर्ने गर्छ। यदि खानपानमा पनि विचार नगर्ने र जीवनशैलीलाई पनि निष्क्रिय बनाउने हो भने सबैभन्दा पढी मुटुजन्य रोग लाग्ने गर्छ। मुटुजन्य रोग लागेपछि मानिसलाई सबैभन्दा डर लाग्छ। मानिस सबैभन्दा छिटो औषधि खान चाहन्छ। उक्त कुरा स्वाभाविक नै हो। मुटु चलेन भने त जीवन पनि चल्दैन। 

त्यसो भए के गर्ने त मुटु रोग लाग्दा?

हामी डाक्टरहरू पनि रोग लागेपछि औषधि खानुपर्छ भन्छौं। तर, रोग लाग्नुभन्दा अगाडि नै कसरी बच्न सक्छौं भन्ने कुरा चाहिँ हाम्रो जीवनको महत्त्वपूर्ण पाटो हो। एउटा सानो उदाहरण भन्छु। मानिसलाई सबैभन्दा ठूलो कुरा रोगबाट बच्ने शिक्षा चाहिन्छ। जनचेतना दिन सकेमात्र धेरै रोगबाट बच्न सकिन्छ। पछिल्लो समय जानकारी इन्टरनेटमा जति भने पनि पाइन्छ। मानिसहरूले उक्त जानकारी हेर्छन् पनि। तर, त्यसलाई कसरी आफ्नो जीवनमा प्रयोग गर्ने भन्ने कुराको जानकारी हुँदैन। त्यसका लागि जनचेतनाको आवश्यकता चाहिन्छ। 

मानिस चुरोट खाइरहेका छन्। तर, उनीहरूले त्यसले आफूलाई असर गरेको छ र यो खानुहुँदैन भन्ने सुन्न चाहँदैनन्। मानिस चुरोट खाँदा तनावमुक्त भइन्छ भन्छन् र खान्छन्। तर, उनीहरूले त्यसले एकछिनको तनाव हटाएर जीवनभरिको तनाव दिन्छ भन्ने कुरा बुझेका हुँदैनन्। यसका लागि मानिसले आजैबाट आफूलाई सचेत गराउनुपर्छ। कति सचेत गराउन सके भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हो। चुरोटको सेवनले मानिसमा विभिन्न रोग लाग्छ र त्यसले शरीरमा विभिन्न असर गरेको हुन्छ। चुरोटको कारण फोक्सोमा क्यान्सर हुन्छ भन्ने आम मानिसको धारणा छ। तर, चुरोटले क्यान्सरमात्र हुँदैन, यसले मानिसलाई हृदयाघात पनि हुन्छ। 

Metro Mart
vianet
पछिल्लो समय हाम्रो प्राकृतिक स्वरूपमा आएको परिवर्तन र यसको असरले पनि हामीलाई निकै प्रभावित पारेको देखिन्छ। प्रकृतिको स्वरूप परिवर्तनशील छ। हामीचाहिँ पुरानै प्राकृतिक पक्षमा रहेका छौं। 

नेपालमा हृदयाघातको कारण कति मानिस मरिरहेका छन् भन्ने कुरामा ख्याल गरिन्न। त्यतिमात्र कहाँ हो र? हृदयाघातका बिरामी नेपालमा निकै थोरैको मात्र उपचार भएको छ। यहाँ उपचार हुन नसक्नुका कारण एक त अस्पतालको सुविधा कमजोर छ। भनेको समयमा अस्पताल पुर्‍याइए पनि उपचार गराउन समस्या छ। अर्को पाटो भनेको भनेको समयमा मानिस अस्पताल पुग्न सकेका छैनन्। त्यसको पनि केही कारण छन्। नेपालको बाटोको समस्या एउटा हो। समस्या कसरी पनि भइरहेको छ भने, एम्बुलेन्स गुड्दै गर्दा जाम छ भने एम्बुलेन्सलाई बाटो नछोड्ने प्रवृत्ति निकै बढी छ। एम्बुलेन्समा पनि आफन्त वा अस्पतालका कर्मचारी राखेर दौडाउँछन् भन्ने धारणा विकास भइसकेको छ। जसका लागि चेतनाको स्तर बढाउन जरुरी छ। 

नेपाली समाजमा अर्को समस्या के पनि छ भने, मानिस औषधि खान डराउँछन्। नेपाली औषधि खाँदा त्यसको साइड इफेक्ट पर्छ भन्ने धारणा छ। त्यो विल्कुल गलत हो। त्यतिकै किनेर खाएको औषधिले साइड इफेक्ट गर्ला तर डाक्टरले चेक गरेर दिएको औषधीले कहिल्यै पनि साइड इफेक्ट गर्दैन। मकहाँ आउने धेरै मानिसले मसँग गर्ने गुनासो पनि यही हो। उनीहरूको कुरा नै औषधिको साइड इफेक्ट रहन्छ तर औषधि नखाए झन् गाह्रो हुन्छ भन्ने कुरा थाहा हुँदैन। 

हामीकहाँ हुने अर्को कमजोरी भनेको कुनै रोग निदानका लागि मानौं तीन महिना औषधि खानुपर्छ। आफ्नो ख्याल राख्नुपर्छ भन्ने हुन्छ। मानिसले त्यो तीन महिना राम्रोसँग आफ्नो स्वास्थ्यको ख्याल गरेका हुन्छन्। तर, चौथो महिना लागेपछि फेरि पुरानै कुरामा पुग्छन्। मैले तीन महिनादेखि गर्दै आएको काम गर्न छोडेँ भने फेरि तीन महिनाअघिको समयमा पुग्छु भन्ने कुरा उनीहरूले बिर्सेका हुन्छन्। अनि समस्या फेरि देखा परिहाल्छ। यसको मतलब कुनै औषधि खाएर रोग कम भयो वा स्थिर अवस्थामा छ भने त्यसपछि मानिस जीवनशैली पुनः पहिलाकै अवस्थामा पुर्‍याउँछन् र पुनः रोग बल्झिन्छ। अझ यो कुरा उक्तचापका बिरामीमा बढी लागू हुन्छ।

पछिल्लो समय हाम्रो प्राकृतिक स्वरूपमा आएको परिवर्तन र यसको असरले पनि हामीलाई निकै प्रभावित पारेको देखिन्छ। प्रकृतिको स्वरूप परिवर्तनशील छ। हामीचाहिँ पुरानै प्राकृतिक पक्षमा रहेका छौं। पुरानै जीवनशैली अपनाएका छौं भने कति स्थानमा विदेशी सिको गरेर पनि हामीले काम गरिरहेका हुन्छौं। यसले पनि हाम्रो स्वास्थ्यलाई असर पारेको हुन्छ तर उक्त कुरा हामीले बुझेका हुँदैनौं। विश्वमा वातावरणीय परिवर्तन भइरहेको छ। यसले मानिसहरूलाई असहज वातावरणमा लगिरहेको छ। स्वास्थ्यमा प्रतिकूल असर पारेको छ। यस्ता पक्षको सचेतताका लागि हामीले जनचेतना फैलाउन सक्नुपर्छ। आफ्नो जीवनलाई मौसमअनुरूप परिवर्तन गर्न सक्नुपर्छ। शारीरिक व्यायाममा नियमितता दिने, तनावमुक्त जीवनयापन गर्न सिक्नुपर्छ। धूमपान र मद्यपानबाट टाढै रहेर आफ्नो स्वास्थ्यको खाल राख्न सकेमा मात्र मुटुलाई जोगाउन सकिन्छ।

हामीले हृदयाघातलाई सामान्य तरिकाले लिनुहुँदैन। एकपटकको घटना हो, एकैपटक दुई जना बिरामी आए। मैले दुवै जना बिरामीलाई उपचार गर्न भनेँ। एउटाले पैसा नभएकै कारण तत्काल उपचार नगराउने भन्यो। अर्कोको हामीले उपचार गर्‍यौँ। जाने बेलामा अर्को बिरामी के भएछ भनेर हेर्न गएको त बिरामी मरिसकेको रहेछ। उसको छोरालाई आज पनि थाहा नहोला कि आफूले उपचारमा ढिलाइ गरेकै कारण आमाको ज्यान गयो। त्यो त एउटा सामान्य घटना हो। हृदयाघात मान्छेले पहिचान गर्न सकेको हुँदैन। त्यसले कहिलेकाहीँ ग्यास्ट्रिक हो कि भन्ने भान बनाइदिन्छ। मानिस ग्यास्ट्रिकको औषधि खाइरहेका हुन्छ। उनीहरू के बुझ्दैनन् भने उक्त काम मुटुको समस्या हो। अरू रोगका कारण पनि मुटुजन्य रोग लाग्छ भन्ने कुरा थाहा पाउन पनि जरुरी छ। हामी उक्त कुरा पनि थाहा पाउँदैनौं। 

त्यसैले मुटुको सुरक्षा गर्न अरू रोगको पनि समयमा उपचार गर्न सक्छ। अरू रोगले मानिसको मुटुमा असर पारेको हुन्छ। यति हो, डाक्टरसँग परामर्श गरेर खाएको औषधिले मानिसलाई कुनै पनि प्रकारको साइड इफेक्ट गर्दैन। औषधिसँगै हाम्रो जीवनशैली र खानपानमा सुधार गर्न सकेको खण्डमा मुटुको उपचार गर्न सकिन्छ।

प्रकाशित: Sep 29, 2022| 07:28 बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्