शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३० रुपैयाँ ८१ पैसा र बिक्री दर १३१ रुपैयाँ ४१ पैसा कायम गरेको छ।
 |  बिहीबार, असोज १३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १३, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३० रुपैयाँ ८१ पैसा र बिक्री दर १३१ रुपैयाँ ४१ पैसा कायम गरेको छ। 

National life

युरो एकको खरिद दर १२५ रुपैयाँ २२ पैसा र बिक्री दर १२५ रुपैयाँ ७९ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १३९ रुपैयाँ ५९ पैसा र बिक्री दर १४० रुपैयाँ २३ पैसा छ। 

यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ २२ पैसा र बिक्री दर १३२ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८३ रुपैयाँ ९१ पैसा र बिक्री दर ८४ रुपैयाँ ३० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ०२ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ४६ पैसा छ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ०४ पैसा र बिक्री दर ९ रुपैयाँ ०८ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ०८ पैसा र बिक्री दर १८ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Shivam cement

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३४ रुपैयाँ ७५पैसा र बिक्री दर ३४ रुपैयाँ ९१ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ७७ पैसा र बिक्री दर ३५ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २६ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३९ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ०९ पैसा र बिक्री दर ९ रुपैयाँ १३ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।  -यस्तो छ आजको विनिमय दर

प्रकाशित: Sep 29, 2022| 06:58 बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्