काठमाडौँ- संवैधानिक परिषदको बैठक बुधबार बस्दैछ ।
बैठककमा अख्तियार प्रमुख लगायत सवैधानिक अंगका रिक्त पदाधिकारीका बारे छलफल हुनेभएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक चेतना अधिकारीका अनुसार बैठक ११ बजे प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बस्ने तय भएको छ ।
अख्तियार दुरुपयोगमा लामो समयदेखि प्रमुख आयुक्त पद खाली रहेको छ । अहिले नविन घिमिरेले कायममुकायम प्रमुख आयुक्तको रुपमा जिम्मेवारी सम्हाल्दै आएका छन् ।
आजको संवैधानिक परिषद बैठकले घिमिरेको नाम नै सिफारिस गर्ने सम्भावना छ । परिषदले सरकार र संसदीय सुनुवाई समितिमा नाम सिफारिस गरेर पठाउने व्यवस्था रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४