शुक्रबार, असोज २, २०८३

अधिकृतको तलव एक लाख पुग्नुपर्छ : अर्थमन्त्री शर्मा

‘आफ्नै तलबमा भर परेर काम गर्नपर्ने खालको परिस्थिति बनाउनुपर्छ भन्ने मेरो मान्यता हो,' उनले भने, 'एउटा अधिकृतको तलब न्यूनतम एक लाखसम्म भयो भने त्यो हुन्छ होला जस्तो लाग्छ।’
 |  बुधबार, असोज १२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १२, २०७९

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले शाखा अधिकृतको तलब एक लाख रुपैयाँ पुग्नुपर्ने बताएका छन्। बुधबार आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। मुलुकको आम्दानी कम भएकाले कर्मचारीलाई जीवन निर्वाहका लागि पुग्ने तलब पनि दिन नसकेको बताए।

‘आफ्नै तलबमा भर परेर काम गर्नपर्ने खालको परिस्थिति बनाउनुपर्छ भन्ने मेरो मान्यता हो,' उनले भने, 'एउटा अधिकृतको तलब न्यूनतम एक लाखसम्म भयो भने त्यो हुन्छ होला जस्तो लाग्छ।’

सरकारले चालु आर्थिक वर्षका लागि सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ। विदेशी मुद्रा सञ्चिति बढाउन विदेशी रक्सीको आयात रोक्नुपर्ने धारणा राखेका थिए। 

प्रकाशित: Sep 28, 2022| 18:09 बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्