आइतबार, जेठ २१, २०८०
  • गृहपृष्ठ
  • अर्थ
  • भाटभटेनीमा फोनपेमार्फत भुक्तानी गर्दा अनलिमिटेड सपिङको मौका

भाटभटेनीमा फोनपेमार्फत भुक्तानी गर्दा अनलिमिटेड सपिङको मौका

फोनपेको क्यूआरमार्फत भाटभटेनी सुपरमार्केटमा भुक्तानी गर्दा अनलिमिटेड सपिङ गर्न सकिने भएको छ। फोनपे, भाटभटेनी र प्रभु बैंकको सहकार्यमा अनलिमिटिड सपिङ गर्न सकिने योजना सञ्चालन गरिएको हो।
 |  बुधबार, असोज १२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १२, २०७९

काठमाडौं- फोनपेको क्यूआरमार्फत भाटभटेनी सुपरमार्केटमा भुक्तानी गर्दा अनलिमिटेड सपिङ गर्न सकिने भएको छ। फोनपे, भाटभटेनी र प्रभु बैंकको सहकार्यमा अनलिमिटिड सपिङ गर्न सकिने योजना सञ्चालन गरिएको हो।

Everest Bank

यस योजनाअन्तर्गत फोनपे मार्फत क्यूआर गर्दा हरेक हप्ता ७० जनाले अनलिमिटेड सपिङ गर्न सक्नेछन्। साथै ३५ दिनमा २० हजार जनाले भाटभटेनीको एक हजार रुपैयाँको डिजिटल भौचर प्राप्त गर्न सक्नेछन्। यो भौचर फोनपे अफर एपमा आउनेछ र विजेता हरेक दिन भाटभटेनीको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण मार्फत सार्वजनिक गरिनेछ। 

यसका साथै आम मानिसलाई सपिङ गर्न सहज होस् भन्ने उद्धेश्यले फोनपे क्यूआर मार्फत भुक्तानी गर्नेलाई निशुल्क भाटभटेनीको झोला प्राप्त हुनेछ। यो योजना कार्तिक १३ गतेसम्म सञ्चालन हुनेछ। यसैगरी फोनपेले दशैंको अवसरमै ‘चाडबाडमा जीवन सहज बनाउँ, नगद छोडौँ फोनपे गरौँ’ योजना समेत सञ्चालन गरेको छ। यस योजनाअन्तर्गत हरेक दिन फोनपे मार्फत क्यूआर गर्ने, फोनपे डाइरेक्ट मार्फत रकम कारोबार गर्ने र अनलाइन भुक्तानी गर्नेमध्ये एक जना ग्राहकले दैनिक नगद रु एक लाख जित्न सक्नेछ। 

यो योजना ग्राहकहरुका लागि असोज १३ गतेसम्म लागु हुनेछ। यसैगरी क्यूआर मार्फत भुक्तानी लिने मर्चेन्टले पनि हरेक दिन सामसङको आकर्षक मोबाइल फोन जित्न सक्नेछन्। मर्चेन्टहरूको यो योजना कार्तिक १२ गते ४० दिन सम्मका लागि लागू हुनेछ। फोनपेको एक लाख जित्ने योजनामा सहभागी हुनका लागि ग्राहकले फोनपे अफर एपमा गई चुनौती अर्थात् च्यालेञ्ज एसेप्ट गर्नुपर्नेछ। 

फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका  मोबाइल एप्सबाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ। यसैगरी फोनपे डाइरेक्ट मार्फत् मोबाइल नम्बर राखी कुनै पनि बैंकको खातामा रकम पठाउन सकिन्छ भने विभिन्न किसिमका सेवाको रकम भुक्तानी गर्न सकिन्छ। 

Metro Mart
worldlink

फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन्। यस्तै फोनपेमा हालसम्म करिब १० लाख मर्चेन्ट रहेका छन्। एक करोड  ५० लाखभन्दा धेरै मोबाइल बैकिङ प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाइल एप्स मार्फत फोनपेले सेवा पुर्‍याउँदै आएको छ।

प्रकाशित: Sep 28, 2022| 05:47. 51 बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्